सन्तराम योङहाङको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा इलाम समिति गठन

 लिम्बुवान न्युज
                       


दमक, १९ वैशाख । संयुक्त पहिचानवादी मोर्चा इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलामस्थित फ्रेण्डस् होटलको सभाहलमा आयोजित कार्यक्रममा सन्तराम योङहाङको संयोजकत्वमा समिति बनेको हो ।

नवगठित समितिको सहसंयोजकहरुमा दोर्जे मोक्तान तामाङ, शेरबहादुर लोक्ताम, तिलरुपा सवेनहाङ, रमेश नेम्बाङ, नरेन्द्र राई, सन्जिता पन्धाक, फुलमाया काफ्ले तामाङ चयन भएका छन् भने सदस्य सचिवमा अमृत तामाङ त्यसैगरी सहसचिवहरुमा कुमार फत्र लिम्बु र रणधोज खाम्दाक रहेका छन् ।

यसैगरी उक्त कार्यक्रमले ७७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा ईलाम जिल्ला संयोजन समिति गठन भएको जनाइएको छ ।

कार्यक्रममा मोर्चाका नेताहरु डकेन्द्र सिंह थेगिम, ज्ञान बहादुर गुरुङ्, खगेन्द्र माखिम, मा राजकुमार नाल्बो, एल.बी. पालुङ्वा, टुपेन्द्र एक्तेन, भवि तुम्सा, गंगा सेर्मा राई, शुस्मा राई र शर्मिला आङदेम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...