धिमाल समुदायकाे आस्थाकाे केन्द्रमा मनाेमानि नगर्न चेतावनी

 लिम्बुवान न्युज
                       

माेरङ, कानेपाेखरी, २० वैशाख । कानेपोखरी गाउँपालिका वडा नं. ७ मा रहेकाे कानेपाेखरीमा गाउँपालिका र सामुदायिक वन उपभाेक्ता समितिले विभिन्न संरचना निर्माण गर्न खोजिएको प्रति धिमाल समुदायले विराेध जनाएकाे छ । धिमाल समुदायकाे आस्थाकाे केन्द्र कानेपाेखरी (कानि बेराङ, धिमाल शक्तिशाली महिलाकाे अलिखित ईतिहास बाेकेकाे स्थल) मा गाउँपालिका र सामुदायिक वन उपभाेक्ता समितिले विभिन्न संरचना निर्माण गर्न खोजिएको प्रति धिमाल समुदायले शनिवार पत्रकार सम्मेलन गरि विराेध जनाएकाे हाे ।

कानेपाेखरी स्थित ग्रामथान परिसरमा आयाेजित पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा महाराजथान संरक्षणका लागि उपस्थित अभियन्ताहरुलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत समेतले धम्किकाे भाषा प्रयाेग गरेकाे घटना प्रति पनि भर्त्सना गरिएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ “कानेपाेखरी धिमाल समुदायकाे आस्थाकाे केन्द्र हाे । धिमाल समुदायसँग विना छलफल, विना अनुमति ऐतिहासिक स्थलको अतिक्रमण गर्नु अर्न्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरित कार्य हो । धिमालहरूको धार्मिक, साँस्कृतिक मिथक तथा ऐतिहासिकता जोडिएको स्थललाई नामेट पार्ने स्थानिय सरकारको गैरजिम्मवार र हेपाहा प्रवृत्तीको घोर भर्त्सना गर्दछाै ।”

पत्रकार सम्मेलनमा धिमाल समुदायको देव स्थलमा जबरजस्ति अधिक्रमणको प्रयास गरिए जस्तोसुकै कडा संघर्षको कार्यक्रम ल्याउन ल्याइने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमालले बताए ।

कानेपोखरी महाराजथानकाे ईतिहास, संस्कृती, मिथकहरूलाई समाप्त पार्ने ध्येयका साथ गाउँपालिकाले कहिले कानकाे स्तम्भ बनाउने, कहिले विभिन्न ब्यवसायिक संरचना निर्माण गर्ने अदुरदर्शी कदमलाई सच्याउन पनि विज्ञप्ती मार्फत अनुरोध गरिएकाे छ । समुदायकाे अनुराेधलाई बेवास्था गरे थप संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने चेतावनी उनिहरुले दिएका छन् ।

पत्रकार सम्मेलनमा धिमाल जातीय विकास केन्द्र, केन्द्रिय समितिका सह अध्यक्ष केदार धिमाल, सचिव अजितकुमार धिमाल, सचिवालय सदस्य पम्फा धिमाल, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति, माेरङका उपाध्यक्ष भाेजविर माझी, थारु कल्याणकारीणी सभाका केन्द्रीय पार्सद लक्ष्मण चाैधरी, धिमाल जातीय विकास केन्द्र, जिल्ला समिति माेरङका अध्यक्ष ब्रेमलाल धिमाल, नेपाल आदिवासी जनजाति महासंघ, कानेपाेखरी गाउँपालिका समन्वय समितिका अध्यक्ष खुलु राजवंशी, सचिव कमला याेन्जन, धिमाल जातीय विकास केन्द्र, कानेपाेखरी गाउँपालिका समितिका अध्यक्ष राजकुमार धिमाल, धम्कुवा गाउँ टाेल समितिका अध्यक्ष जन्तलाल धिमाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसै सन्दर्भमा धिमाल जातिय विकास संस्थाले पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै साे कार्यकाे भत्सर्ना गरेकाे छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...