दिलेन्द्र कुरुम्बाङको संयोजकत्वमा ९६ सदस्यीय समिति गठन

,   लिम्बुवान न्युज
                       


फेदेन, २० वैशाख । संयुक्त पहिचानवादी मोर्चा पान्थर जिल्ला गठन भएको छ । पान्थरको फेदेनमा शनिबार आयोजित कार्यक्रमबाट साहित्यकार दिलेन्द्र कुरुम्बाङ्को संयोजकत्वमा ९६ सदस्यीय समिति बनेको हो ।

समितिको सहसंयोजकहरुमा इच्छाबहादुर चेम्जोङ, देबेन्द्र आङदेम्बे, नरेन्द्र कुरुम्बाङ, सिंहराज नेम्बाङ, भावना इङवा, सजिव योङया र राजेन्द्र सिगु रहेका छन् भने सदस्यसचिवमाः सुन्दर लावती ‘काङसोर’, सहसचिवमा नविना राई र सनम तुम्बापोलाई जिम्मेवारी दिइएको छ । यसरी नै आर्थिक विभाग प्रमुखमा विश्व तुम्बापोलाई जिम्मेवारी दिईएको छ ।

यसरी नै उक्त कार्यक्रमले सदस्यहरुमा शोभा नेम्बाङ, दलप्रसाद योङया, मकरसिंह तुम्बापो, नुन्तवीर खपाङगी, मनिता तामाङ, कुबेर तुम्बापो, राम तुम्बापो, चन्द्रबहादुर खपाङगी मगर, राकेश तुम्बापो, काजिमान माबो, मेघबहादुर बेघा, रविन्द्र सेन्चुरी, पदम तुम्बापो, खड्क फियाक, भुपेन्द्र केरुङ, सिताराम सेन्चुरी, राम बहादुर कुरुम्बाङ, विमला चेम्जोङ, यामबहादुर कुरुम्बाङ, इन्द्रमान केरुङ, कमल योङया, डिल्लीविक्रम आङदेम्बे, नरबहादुर राई, छविलाल कुरुम्बाङ, उत्तरमान कुरुम्बाङ, सालाहाङ कुरुम्बाङ, हेम कुरुम्बाङ, दलमान कुरुम्बाङ, धनसिंह आङ्देम्बे, धनराज पालुङवा, श्री सेलीङ, रोशन लावती, मणिराज कुरुम्बाङ, सेसेहाङ लावती, नरेन्द्र आङदेम्बे, अमृता माङमु, सुरेन्द्र लावती, बसन्त लावती, मेहेरमान लावती, रनधोज कुरुम्बाङ, यादव कुरुम्बाङ, रत्न राई, रणबहादुर नुगो, गगन थोक्लिहाङ, लराङ लावती, मित्रकुमारी बर्देवा, सोझे राई, बलिराज चेम्जोङ, सीता तामाङ, ज्ञानबहादुर आङदेम्बे, रमेश आङदेम्बे, गंगा पापो लावती, टेकबहादुर लावती, मौसम कुरुम्बाङ, थर्कमान लावती, सन्तोष राई, प्रकाश तुम्रोक, देशकुमार लावती, भुपाल योङहाङ, सुर्य योङहाङ, दिलन सेलीङ, होम नुगो, यबन बेघा, धिरेन नुगो, विवस योङया, उदय नुगो, दिलबहादुर योङया, देउकुमार योङहाङ, मिलन चेम्जोङ, सेमिक लावती, सुर्यदिप सम्बाहाम्फे, विर्ख सम्बाहाम्फे, पदम दुखी सम्बाहाम्फे, रुजा राई, हरि आङदेम्बे, सुमित आङदेम्बे, पुस्पराज आङदेम्बे, सुरेन्द्र पालुङवा, कमला नेम्बाङ, राजेन्द्र माबो, देउमान सेलीङ लगायत ९६ सदस्य रहेका छन् ।

उक्तभेलाले सल्लाहकारहरुमा हेमबहादुर योङया, अर्जुन स्याङबो, अग्नि तुम्बापो, भगिराज चेम्जोङ, पुर्ण लावती, इन्दिरा धौराली, तेजबहादुर लोवा, अर्जुन फागो र छवि लावतीलाई जिम्मेवारी दिइएको संयोजक कुरुम्बाङ्ले बताउनु भयो ।

पान्थरको जिल्ला भेलामा मोर्चाका संयोजक कार्यक्रमका प्रमुख अतिथिको रुपमा डेकन्द्रसिंह थेगिम रहेका थिए भने अन्य नेताहरु ज्ञानबहादुर गुरुङ, खगेन्द्र माखिम, भक्त खेवाङ, प्रेमराज लावती, मा.राजकुमार नाल्बो, एलबी पालुङवा, बिराज आङदेम्बे, चन्द्रराज आङदेम्बे, हेमबहादुर योङया, भावना इङवा, अर्जुन स्याङबो, अग्नि तुम्बापो, इन्दिरा धौराली, राकेश माङमु, टिएन सम्बाहाम्फे, जकेन्द्र लावती, सजिव योङया, रोशन लावती आदिले शुभकामना मन्तव्य राखेका थिए ।

पहिचान पक्षधर चारवटा संगठनहरुको पहलमा बनेको संयुक्त पहिचानवादी मोर्चामा आउन अन्य पहिचान पक्षधर संघ संगठनहरुलाई पनि वक्ताहरुले संयुक्त मोर्चामा आउन अपिल गरेका छन् । अब पनि पहिचान पक्षधर संगठनहरु एक नहुने हो भने केन्द्रिकृत राज्यसत्ताले जसरी नाममात्रको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर आदिवासी जनजाति, मधेशी, दलित, मुश्लिम, अल्पसंख्यकहरुको अधिकारलाई बन्चित गरेका छन् त्यसैगरी सबै अधिकारबाट विस्थापित हुने दिन टाढा नरहेको उनीहरुको जिकीर रहेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;