लिम्बु पत्रकार संघकाे बैठक तथा अन्तरक्रिया सम्पन्न

 लिम्बुवान न्युज
                       

ललितपुर, २० वैशाख । लिम्बू पत्रकार संघको पूर्ण बैठक तथा अन्तरकृया ३ बुँदे बिजयपूर घोषणापत्र जारि गर्दै सम्पन्न भएको छ । शनिबार सुनसरीस्थित धरानमा भएकाे साे बैठकबाट मुक्कुमलुङ आन्दोलनप्रति ऐक्यबद्धतासहित बिजयपुर घोषणापत्र जारि गरिएको हो ।

संघका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा बसेको बैठक तथा अन्तरकृयाले घोषणापत्रमा ‘मिडियामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि सञ्चारमाध्यम, सञ्चार गृह र राज्यको ऐन, कानूनहरु आदिवासी जनजाति, अल्पसंख्यक र सिमान्तकृत समुदाय, वर्ग र भूगोलमैत्री बनाउन माग’, ‘ताप्लेजुङमा अवस्थित प्रशिद्ध याक्थुङहरूकाे मुन्धुमीस्थल मुक्कुम्लुङमा निर्माण भइरहेकाे केबुलकार परियोजना आदिवासी याक्थुङ (लिम्बू) समुदायको आदिम मूल्यमान्यता, रैथाने दर्शन, पर्यावरण, परम्परा, प्रथाविपरीत रहेको ठहर गर्दै सशक्त रुपमा बौद्धिक र प्राज्ञिक हिसाबले सञ्चारमाध्यमहरुमा प्रतिरोध गर्ने र जारी नो केबुलकार अभियानमा ऐक्यबद्धता प्रकट गर्ने’ जनाइएको छ ।

त्यस्तै, विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वको संरचनाहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारका लागि राज्यका तीनै तहका सरकारहरु समक्ष सम्पदाका रुपमा सूचीकरण गर्न माग गर्ने घोषणापत्रमार्फत सार्बजानिक गरिएको छ ।

२२ चैत्र २०८१ मा लालिगुराँस नगरपालिकास्थित बसन्तपुरमा सम्पन्न संघको तेस्रो महाधिवेशन पश्चात याे दाेस्राे पूर्ण बैठक विविध विषयमा छलफल गर्दै अग्रज याक्थुङ संचारकर्मीहरूकाे उपस्थितिमा सम्पन्न भएकाे हाे ।

३ बुँदे विजयपुर घाेषणापत्र हेर्नुहाेस्ः

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...