धरानमा जसपा, नेपालकाे प्रदेश १ स्तरीय गाेष्ठी

,   लिम्बुवान न्युज
                       

ललितपुर, २० वैशाख । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको वताएका छन् ।

शनिबार जसपा, नेपालले धरानमा  आयाेजना गरेकाे प्रदेश नं. १ स्तरीय कोशी नाम र केवलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

शक्ति र बहुमतको बलमा जवरजस्त पेल्न खोजे जनताको आवज सामान्य र कमजोर छ भन्नेलाई भोली तेहि आवाजले विस्फोट हुदा खरानी वनाइदिने चेतावनि समेत दिएकाछन् ।

कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनःनामकरण यात्रा अगाडी बढने अध्यक्ष यादवको दावी रहेको छ । प्रदेश नामाकरण कुनै खोला, नाला कुल कुलेसोको आधारमा नामाकरण गर्नु नहुने बताए ।

पहिचान विनाको मानव सभ्यता र समुदाय नहुने तर्क गर्दै नेकपा एमाले र कांग्रेसले पहिचान मेटाउने प्रयास गरेको आरोप समेत अध्यक्ष यादवले लगाएका थिए । यस्तै अव्यवहारीक र अवैज्ञानिक नामाकरण र सिमाङकनलाई पुनःसंरचना आयोगले संरचनाको आधारमा नामाकरण र सिमाङकन गर्ने दावी समेत अध्यक्ष यादवले गरेका छन् ।

यादवले प्रदेश नामाकरण मात्र होईन ७ वटै प्रदेशको सिमाङकन समेत गलत भएको जिकिर समेत गरेकाछन् । यादवले केवलकार निर्माण गरेर मुक्कुमलुङको पहिचान मेटाउनु हुँदैन भन्ने आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताउदै केबलकार निर्माण गरे आन्दोलनको विगुल जसपाबाट अझै सशक्त्त हुने चेतावनि समेत दिएका छन् ।

कोशी नाम र केबलकार खारेज तथा पहिचान कार्यदिशा बिषयक विचार गोष्ठीले पहिचान प्रतिनिधित्व र सामाजीक न्यायको आन्दोलनको बल दिदै बाटो दर्शाउने यादवको भनाई रहेको छ ।

गोष्ठीका अर्का व्यक्ता खगेन्द्र संग्रौलाले प्रदेश पुन नामाकरण गर्न बहुमत हुनु पर्ने बताए ।

संग्रौलाले कोशी नामाकरण खारेजी गर्न कि ठुलै मानव सागरको आन्दोलन भए मात्र कोशी नामाकरण खारेज हुने नत्र २०८४ मा पार्टीले बहुमत ल्याएमात्र सम्भव हुने स्पष्ट पारेका थिए ।

यादवले पहिचानवादी शक्ति एक ठाउमा उभिएर बुहमत ल्याउन आवश्यक रहेको वताए । पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले १ नं प्रदेश पुनः नामाङ्कन नभएसम्म आन्दोलन जारी रहने वताए ।

यसैगरी नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पनि प्रदेश १ काे पुनः नामाङकन नभएसम्म पहिचानवादीकाे आन्दाेलन निरन्तर जारी रहने बताए ।

गोष्ठीमा वक्ताहरु पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु रहेकाे प्रेस मञ्चका अध्यक्ष कमन देवानले बताए । कार्यक्रम सञ्चालन जसपा, नेपालका धरान अध्यक्ष ताजुव लिम्बुले गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;