महेशकुमार श्रेष्ठ एनआरएनए एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       


ललितपुर, २१ वैशाख । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । आइतबार हायात होटेलमा सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ समितिको उपाध्यक्षहरूमा सुनिल कुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोज कुमार श्रेष्ठ (गोर्खाली), विश्वास दीप लिम्बु (तिगेला), जुनु गुरुङ (महिला) छन्।
महासचिवमा बाबुराम (बीआर) लामा, सचिवहरूमा चिन्तामणि सापकोटा, टङ्कप्रसाद गैरे, तिलक प्रसाद गैरे, सचिव (महिला) देवकी खत्री गुरुङ, कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल, महिला संयोजक रश्मि थापा र युवा संयोजक भीमसेन थापा छन् ।
त्यसैगरी एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली, ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद छन् ।
यस्तैगरी क्षेत्रीय उप संयोजकहरूमा एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक माधव पोखरेल र मीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उप संयोजकहरू सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकहरू विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजकहरूमा रामप्रसाद कँडेल र प्रताप राना रहेका छन् ।
निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम गर्ने जनाएको छ ।

विश्वासदिप तिगेला उपाध्यक्षमा निर्वाचित

बेलायती सेनामा भर्ती भई लामो समय कार्यगरी भाषा, साहित्य तथा समाजसेवाको अग्रणी भागमा रहेर काम गर्ने विश्वासदिप तिगेला एनआरएनएको आइतबार सम्पन्न एकताको महाधविशेनबाट उपाध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।
तिगेला प्रवासमा रहेर पनि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना  र पहिचानको आन्दोलनलाई शसक्त रुपमा उठाउन विगत देखि निरन्तर प्रवासमा रहेर सक्रिय रहेका छन् ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;