दक्षिणी इलामको साहित्य महोत्सवले चुलाचुलीको शिर उच्चो

 लिम्बुवान न्युज
                       


दमक, २४ वैशाख । इलामको दक्षिणी झापासँग जोडिएको पालिका ‘चुलाचुली’ भन्ने वित्तिकै ‘इलामले नदेखेको’ र ‘झापाले हेपेको’ ठाउँका रुपमा यसको चिरानी दिइने गरिैको छ । तर, यस क्षेत्रमा बसोबास गर्ने युवा पुस्ताहरुले चुलाचुलीको मुहार फेरेका छन् भन्दा फरक पर्दैन । अचेल यहाँ सृजनात्मक हिसाबले जुर्मुराउँदै आफ्नो त्यसखाले पीडामा आफैं मल्हम लगाएर आफ्नो छुट्टै परिचयले पूर्ण बनाउँदै साहित्य सिर्जनाबाट चुलाचुलीको शिर उच्चो बन्दै गएको छ ।
झापासँग जोडिएको उत्तरी किपट चुलाचुलीमा सडक संजालहरु प्रसस्तै पुगेतापनि इलामसँगको सम्बन्ध भन्दा पनि नजिकैको झापा दमकसँगको बजारलाई उनीहरुले आफ्नो ठान्न बाध्य छन् । उसो त दमक बजारको एउटा अंश नै हो चुलाचुली भन्दा हुन्छ । १०४.४६ वर्ग मिटर क्षेत्रफल रहेको यस पालिकामा ५५ जाती भन्दा धेरै बसोबास गर्ने गरेको पाइन्छ । ३० प्रतिशत राई, २५ प्रतिशत खस आर्य, तेस्रोमा लिम्बु त्यसपछि अन्य जातीहरुको बसोबास रहेको पाइन्छ ।


करिब ३० भन्दा बढी जनसंख्या रहेको उत्तरी पहाडी क्षेत्रको सडकको विकटताको समस्या अझै रहेपनि अन्य हिसाबले चुलाचुली बलियो बन्दै गएको छ । यसमा मुख्यगरी सृजना क्षेत्रको विस्तार र प्रवद्र्धनले काम गरेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको ठहर छ । ‘समग्र समृद्धिको आधार नै साहित्य, कला हो । मैले ३ वर्षमा गरेको काम भन्दा २ दिनको साहित्य उत्सवले चुलाचुलीलाई बढि फलदायी बनायो, बढी चिनायो ।’ उत्सवको सफलतापछि उत्साहित हुँदै उहाँले भन्नुभयो ‘चुलाचुली भौतिक तर्फ आत्मनिर्भर बन्दै गएको अवस्थामा सृजनातर्फ अझ बढी आत्मनिर्भर मात्र होइन अरुलाई पनि आकर्षित गर्न सकेको हिसाबले निकै खुसी लागेको छ ।’ अध्यक्ष केरुङ् बताउँछन् ।
वैशाख १८ र १९ गते दुई दिनसम्म चुलाचुली ५ चपेटीस्थित खरका ससाना छाना भएका कटेजसहितको पहाडको फेदीको कलात्मक आकर्षकस्थल भञ्ज्याङ एग्रो टुरिजममा इलाम, पाँचथरदेखि भोजपुरसम्म प्रदेश १ का सर्जकहरु उत्सवमा सामेल भएर चुलाचुलीको प्राकृतिक मनोरमता अनि सृजनाको भोकप्रति मित्रता र सृजना आदानप्रदान भयो । कवितापछि राति अबेरसम्म गजल वाचनको कार्यक्रम समेत जम्न पुग्यो ।


गाउँपालिकाले भाषा, साहित्य, कला, संस्कृति र पर्यटन समन्वय समिति गठन गराएर सृजनात्मक गतिविधिमा आर्थिक व्यवस्थापन गरेपछि चुलाचुली फेरिनुमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो । साथै प्रदेश १ का सर्जकहरुको प्रतिनिधिमूलक सहभागिता र उहाँहरुको सृजना प्रस्तुतिले चुलाचुलीको सन्देश संसारभरि फैलिएको छ ।
स्थानीय सरस्वती किर्तन मण्डलीको महिलाहरुको नौमति बाजाले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रमस्थलमा भित्र्याइएपछि साकेला, केलाङ्सहितका साँस्कृतिक झलक प्रस्तुत भएका थिए । दमककी रचना लाओतीबाट लिम्बू भाषाकै मुन्धुमी कविता समेत प्रस्तुत गरेर मुन्धुमसँग साहित्य जोड्ने काम भयो । गीत र अन्यखाले नृत्य पनि सामेल थिए । यी सबै प्रस्तुतिपछि विर्तामोडकी साहित्यकार लीला अनमोलले निकै उत्साहित हुँदै भन्नुभयो ‘यी पाखा, बोटविरुवाहरु पनि सृजनाका मुहान हुन् । यसबीचमा गाउँपालिकाले गरेको यो आयोजना सृजना क्षेत्रको उच्च सम्मान हो, यो निरन्तर भइरहोस् ।’
त्यहाँका सर्जकहरुको नामले चुलाचुली चिनिएको अतिथि सर्जकहरुले भनाई राखिरहँदा सृजनाको प्रभाव र महत्व झल्किरहेको थियो । ‘म चुलाचुली भन्ने वित्तिकै सुन्दर कुरुपको गजबको लेखन र उहाँको फेसबुक स्टाटस सम्झिन्थें ।’ –विराटनगरकी साहित्यकार सीमा आभासले चुलाचुली यसरी चिनेको प्रसंग ल्याउनु भयो । संस्थाका अध्यक्ष विवश बलिभद्र कोइरालाको संयोजनमा उपाध्यक्ष सुन्दर कुरुप, सचिव रुद्र प्रभात, सहसचिव मौसम राईसहितको कसिलो समूह कार्यक्रमलाई स्मरणीय बनाउन जुटेको थियो । पर्यटन प्रवद्र्धनमा समेत साहित्यको महत्वपूर्ण भूमिका रहने विषयमा बहस नै गरियो । झापाका साहित्यकार अभागी थेगुवालाई सो अवसरमा सम्मानित गरिएको थियो ।
उत्सवको पहिलो दिन ‘प्रतिनिधिमूलक कविता वाचन’, ‘कवि र कविता’ र ‘गजल साँझ’ आयोजना हुनेछ । सोही दिन ग्रामिण पर्यटन प्रवद्र्धनमा साहित्यको योगदान विषयक बहस समेत भयो । कवितामा विन्दु दाहाल मूकदर्शक, कृष्ण बराल, देवान किराती, भरत गुरागाईं बर्बरिक, हाङयुग अज्ञात, विष्णु न्यौपाने, यज्ञ परिश्रमी, टीका आत्रेय, हरि कट्टेल, हेमन यात्री, दिलीप सगर, खगिन्द्रा खुसी, प्रतिभा पौडेल, अमित थेवे, रचना लावती, कृष्ण उदासी, रमेशचन्द्र अधिकारी, टीका भट्टराई नेपाल, सेलिङ केसी, रुमानी कुलुङ, कविता राई गाउँले, कविता राई (भोजपुर), जिना अधिकारी, अर्जुन दुलाल, रीता पोख्रेल, गगन योक्पाङदेन, उमेश विरोधी, मदन भण्डारी, जितेन साम्पाङ राई, पराजित पोमु, तुलसीप्रसाद भट्टराई, याग्दुहाङ धिरजको प्रस्तुति रह्यो ।


उत्सवमा ‘ग्रामिण पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिका’ विषयक बहसमा सर्जक एवम् पत्रकार भूपेन्द्रराज तिम्सिनाको सहजीकरणमा सीमा आभास, प्रकाश थाम्सुहाङ र गिरीराज बास्कोटाको सहभागितामा साहित्य र पर्यटन अझ जोडिदै जाने विषय थप जोडियो । गजल साँझमा प्राज्ञ सुमित्रा बाङ्देल चेली, शिव रेग्मी प्रणत, रोहित पराई, मायामितु, एकु घिमिरे, याम थुलुङ, लीला अनमोल, दिलीप घिमिरे, कमन देवान, कृष्ण काश्यप र यादव भट्टराईले गजल वाचन गरेर गजलको प्रभावकारी स्वाद चखाउनु भयो ।
त्यस्तै, दोस्रो दिन देशु वनेम, चन्द्र सम्बाहाम्फे, भिजन गुरागाईं, लक्ष्मीप्रसाद फूँयाल, केशव रिमाल, पुष्पा बोगटी, रोहिणी रसिक, भुटानका सर्जक दिल भुटानी, तिलक राईसहितले पनि कविता वाचन गर्न भ्याउनु भयो । ‘हाम्रो सिर्जना ः स्थानीय कविका कविताहरु’ कार्यक्रममा चुलाचुलीका कविका कविता प्रस्तुत हुनेछन् । जसमा इन्द्र घिमिरे, विमल पौडेल सहयोगी, उद्धव ओझा, धर्म सन्देश, डिम्पल वनेम, रोहितप्रसाद सुवार, श्रीकृष्ण चापागाईं, बद्रि चम्लागाईं, सौरभ वास्कोटा विचारक, उत्सव न्यौपाने, इशान केरुङसहितको प्रस्तुति पनि जोडियो ।
नाटकले समेत नेपालमै चिनिएको चुलाचुलीका सन्दर्भमा ‘चुलाचुलीमा नाटक ः हिजो, आज र भोलि’ विषयक बहस कार्यक्रममा चोमु शेर्पाको सहजीकरणमा बलराम बिजी र सन्तोष गिरी प्रस्तुत हुनुभयो । सोही कार्यक्रममा श्याम सिंगकको उपन्यास ‘कोइलाखाद’को पनि लोकार्पण भयो ।
दुई दिने साहित्य महोत्सवले चुलाचुली गाउँपालिकाको मुहार फेर्ने काम मात्र भएको छैन चुलाचुलीलाई राष्ट्रिय स्तरमा आफ्नो परिचय स्थापित गर्ने अवसर पनि मिलेको छ ।
बरिष्ठ पत्रकार भुपेन्द्र तिम्सिनाको सहयोगमा

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...