गोरखापत्र १२५औं बर्षमा प्रवेशः आज १०औं पत्रकारिता दिवस

,   लिम्बुवान न्युज
                       

काठमाडौँ, वैशाख २४ गते । देशकै सबैभन्दा पूरानो पत्रिका गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार आज १२५ औँ वर्षमा प्रवेश गरेको छ । यसैदिन पारेर आज १०औं राष्ट्रिय पत्रकारिता दिवससमेत मनाइदैछ ।
राष्ट्रकै पहिलो तथा जेठो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन बि.सं. १९५८ बैशाख २४ गते आजैको दिन प्रकाशन भएको दिनको स्मरण गर्दै हरेक बर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने कार्यको थालनी बि.सं. २०७३ साल देखि शुरु गरिएको हो ।
एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।
गोरखापत्र स्थापना दिवसकै अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपसभामुख विमला घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत शिर्ष नेताहरुले शुभकामना दिनुभएको छ ।
गोरखापत्रले मुलुकका ४५ वटा राष्ट्रिय भाषामा विभिन्न संचार सामग्री प्रकाशित गरेर समावेशी समाजको परिकल्पनालाई सार्थकता प्रदान गरेको समेत बताइएको छ । यसले मुलुकको विभिन्न जातजाति, भाषिक, समुदाय र क्षेत्रीयताको आवाजलाई समेत प्राथमिकतामा राखेर शान्तिपूर्ण र समृद्ध नेपाल निर्माणमा योगदान गरेको उल्लेख गरिएको छ ।
पछिल्लो समय गोरखापत्रले नेपाली सञ्चार जगत्मा आफ्नो मौलिक पहिचानसहित नयाँ नयाँ ‘फिचर’ को अभ्यास गरिरहेको छ, यो आफैँमा महत्वपूर्ण छ । सरकार, नागरिक र समाजबिचको सेतुका रूपमा प्रेसले तथ्यमा आधारित सूचना प्रवाह, जनमत निर्माण र उत्तरदायी शासनका लागि गोरखापत्रले नेतृत्व गर्ने बताइएको छ ।
यो बर्ष ‘विश्वसनीय सूचनाको आधारः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ आज पत्रकारिता दिवस देशको सबै स्थानमा मनाइँदैछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुई जना व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ । पुरस्कारको राशि दूई लाख रुपैयाँ र कदरपत्र रहेको छ ।
यस्तै एक लाख र कदरपत्रसहित छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
यस अवसरमा सरकारले निष्पक्ष, भयरहित, उत्तरदायी, व्यावसायिक, खोजमूलक तथा विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रियहितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पुराएका पत्रकार र आमसंचारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।
आजै गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२५औं बर्ष प्रवेश तथा संस्थानको ६३औं बार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको समेत आयोजना गर्ने जनाइएको छ ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;