कमलमा लागूऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

बसन्त राज योङहाङ, कमल ।

वैशाख २५ । झापाको कमल गाउँपालिकामा आमाहरुका लागी लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना तालिम कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोग र नवजागरण महिला समाज कमलको आयोजनामा सस्थाकी अध्यक्ष बिष्णुमाया बेघाको अध्यक्षतामा सस्थाको सभाहलमा ५ दिवसीय सचेतना कार्यक्रम समापन भएको छ ।
पालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा बोल्दै अध्यक्षले पछिल्लो समय समाजमा लागु औषध प्रगोगकर्ता निकै बढी र यसले समाजमा ठुलो विकृती निम्त्याउने भन्दै यसलाई निर्मुल पार्न निकै चुनौती थपिएको भएतापनि पालिकाले यसमा सहयोग गर्ने बताए ।

यस सचेतना कार्यक्रमले लागुऔषध प्रयोग कर्तालाई न्युनिकरण गर्न आमाहरुको महत्वपुर्ण भुमिका हुने भएको हुँदा आमाहरुलाई लक्षित गर्दै यो सिकाईबाट समाज रुपान्तरणमा आमाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै आमाहरुलाई प्रमुख अतिथि अध्यक्ष राईले धन्यवाद दिए ।
कार्यक्रममा विशिष्ट अतिथि कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले समाजमा रहेको लागु औषध प्रयोगलाई न्युनिकरण गर्दै सुन्दर समाज निर्माणमा आमाहरुको महत्वपुर्ण भुमिका हुन्छ । समाजमा भएका विकृतीलाई हटाउदै सुसंस्कृत समाज निर्माण गर्न भुमिका अहमं हुने बताए ।


कार्यक्रममा तोपगाछी खानेपानि तथा स्किम नम्बर १ का अध्यक्ष सुर्य प्रसाद दंगाल, सहभागीका तर्फबाट जमुना केरुङ, शान्त रेग्मी र सुमित खड्का लगायतले तालिम अत्यन्तै प्रभावकारी भएकोले धेरै कुरा सिक्ने अवसर प्राप्त अनुभव बताए ।
गत बैशाख २० गते बाट सञ्चालन भएको तालिममा ३ नम्वर वडा का २५ जना आमाहरु सहभागी थिए । सचेतना कार्यक्रममा सहभागी आमाहरलाई मनोसामाजिक परामर्शकर्ता प्रशिक्षक गोविन्दराज कट्टेलले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा तालिममा सहभागि आमाहरुलाई खादा ओडाई प्रमाण–पत्र वितरण गरिएको थियो यसरी नै अतिथिहरुलाई सस्थाबाट मायाको चिनो समेत सस्थाकी अध्यक्षले प्रदान गरेकी थिईन । कार्यक्रमको सञ्चालन सचिव रिता खतिवडाले गर्नु गरेकि थिइन भने उपाध्यक्ष नैनाला सेडाईले स्वागत मन्तव्य राखेकि थिइन् ।

 

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...