दमक, २६ वैशाख । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी तथा व्यवसायी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन ।
झापाको बिर्तामोड १ स्थित आफ्नै निवासमा उनले आत्महत्या गरेका हुन् ।
आफू सुत्ने कोठाको पंखामा झुन्डिएर उनले आत्महत्या गरेको जनाइएको छ । मृतक बस्नेत विभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए ।
जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सह-संयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव समेत रहेका थिए ।
उनी विर्तामाेडस्थित सयपत्री ट्रेडलिंक मोटरसाइकल विक्रेताका सञ्चालक समेत हुन् । बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् ।
Related