उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाँच साकेला सिली प्रदर्शन

,   लिम्बुवान न्युज
                       

माङसेबुङ, इलाम । इलाम जिल्लाकाे माङसेबुङमा साकेला उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाच साकेला सिली प्रदर्शन गरिएको छ। साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समिति माङसेबुङ गाउँपालिका इलामको आयोजनामा माङसेबुङ-६स्थित पारुहाङ साकेला थान होस्टेमा बृहत् साकेला सिली प्रदर्शन गरिएको हो।

साकेला सिली प्रदर्शनका लागि पान्थर र इलाम जिल्लाका १८ वटा साकेला समूहले सहभागिता जनाएका थिए। जातीय भेषभूषामा सझिएका किरात राई समुदायका कलाकारले आफ्नो सांस्कृतिक नाँच साकेला सिली प्रदर्शन गरेका थिए।

गत वर्षदेखि होस्टेमा बृहत् साकेला प्रदर्शन गरिँदै आएको आयाेजकले जनाएकाे छ। चुलाचुली गाउँपालिकाकाे सहयाेगमा याे कार्यक्रम गरिदएकाे हाे । गत वर्ष हस्टेमा वाबुक (चिन्डो)को प्रतिमा राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले किरात समुदाय संस्कृतिको धनी भएको बताए। उनले किरात समुदायको संस्कृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका रूपमा अगाडि बढाउनुपर्ने बताए। यस्ता चार्डपर्व पहिचान झल्कने अवसर भएको बताए।

कार्यक्रममा बोल्दै पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताए। यसका लागि पर्यटन कार्यालय सहकार्य गर्न तयार भएको उनको भनाइ थियो।

पूर्वमा बस्ने किराती समुदायले उधौली र उभौली विशेष कर्यक्रम गरेर मनाउँदै आएका छन्। बैशाखे पूर्णिमामा उभौली मनाउने गरिन्छ। प्रकृति पूजक किरातीहरूले वैशाखमा बाली लगाउने वेलामा उभौली र मंसिरे पूर्णिमामा बाली भित्र्याउने समयमा उधौली पर्वलाइ विशेष पर्वकाे रूपमा  मनाउने गरेका छन्।

चराचुरुंगी तथा जीवजन्तुको नक्कल गर्दै ढोलरझ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ। साकेला उभौली तथा उधौली किरातीहरू राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मनाउने गरेका छन्।

तस्वीरहरूः हरप्रहर डटकमबाट 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;