पहिचानवादी मोर्चाले मनायो प्रथम स्थापना दिवस

,   लिम्बुवान न्युज
                       

ललितपुर, २८ वैशाख । पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुगेको छ । २०८१ वैशाख २७ गतेका दिन स्थापना भएको मोर्चाले शनिबार ललितपुर थसिखेलस्थित कार्यालयमा पहिलो बार्षिक उत्सव मनाएको हो ।

जसपा नेपाल लगायत विभिन्न राजनैतिक दलहरुबाट स्वतन्त्र भई पहिचान पक्षधरहरुले पहिचानवादी पार्टी निर्माणको निमित्त अन्य संगठनहरुसँग जोडिदै जाने भनी प्रोफेसर डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा बनेको हो ।

मोर्चाको बार्षिक उत्सवमा बोल्दै नेता खगेन्द्र माखिमले यो मोर्चामा सबै अटाउने र नयाँ राजनीतिक पार्टी निर्माण गर्दै देश जिम्मा लिने बताउनु भयो । त्यसैगरी डा. मित्र परियार, महिला नेत्री सरू सिंगकले माेर्चा निर्माणबारे प्रष्ट पारेका थिए ।

शनिबार आयोजित कार्यक्रममा नेकपा धर्मेन्द्र बास्तोला, बरिष्ठ पत्रकार भवानी बराल, आमूल परिवर्तनका अध्यक्ष दलमर्दन कामी, नेपाल जनमुक्ति पार्टी, नाउपा, नागरिक पहिलो अभियानका भुपेन्द्र नेम्बाङ लगायत विभिन्न संघ संगठन र राजनैतिक दलका नेताहरुले मोर्चालाई शुभकामना दिएका थिए ।

मोर्चाकै पहलमा चार संगठनले संयुक्त पहिचानवादी मोर्चा गरेको छ । नेपाल जनमुक्ति पार्टी, नाउपा, प्रदेश नं. १, प्रदेश नं. १ पुनः नामाकरण अभियान समिति र मोर्चाले नयाँ राजनीति पार्टी निर्माणको कार्य दिशा निर्माण गर्दै नयाँ पहिचानवादी पार्टी बनाउनेगरी मोर्चा बनेको नेताहरुले स्थापना दिवसमा खुलासा गरेका छन् । अब एक्लै एक्लै गएर गन्तव्यमा नपुगिने भएको हुँदा पहिचानको पक्षमा उभिएका पार्टीहरु मिल्नुको विकल्प नभएको उनूहरुले बताए ।

कार्यक्रम मोर्चाका आर्थिक संयोजक पूर्व मेजर असिम पालुङवाको स्वागत मन्तव्य तथा पहिचानवादी मोर्चा उपत्यका समितिका संयोजक टेक लावतीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;