काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ।
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन्।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८औं जयन्ती शान्तिको कामना गर्दै सोमबार देशभर मनाउन लागिएको हो।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ।
यस अवसरमा नेपालकाे लुम्बिनी, स्वयम्भू, बौद्धलगायत देशका विभिन्न बाैद्ध धार्मिक स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीकाे काेखबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।
उनी २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए। उनी एसियका तारा चिनिन्छन् ।