किरातीहरुले उभौली पर्व हर्षाेल्लासका साथ मनाए

,   लिम्बुवान न्युज
                       

ललितपुर, २९ वैशाख । किरात राई समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने प्रकृति भूमिको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् ।

पूर्व प्रदेश १ को सबै जिल्लामा बसोबास गर्ने किरात राईहरुले त्यहाँमात्र होइन थातथालो छोडेर काठमाडौं उपत्यका स्थित काठमाडौं, ललितपुर र भक्तपुर त्यसैगरी नेपालका अन्य जिल्लाहरुमा पनि मनाएका छन् भने देशविदेशमा रहेकाहरुले पनि यो बर्ष राम्रो बालीनाली सप्रियोस भन्दै प्रकृतिको पूजा गर्दै पर्व मनाएका हुन् ।

किरात राईले उभौली त्यसैगरी याक्थुङ लिम्बूले यक्वा तङ्नाम, सुनुवारले स्यादर र याख्खाले युक्चाङ भनेर यो पर्वलाई मान्ने गर्दछन् । यस क्रममा आफ्नो जातीय पहिचान झल्किने पोसाकमा ढोलक, ढोल, झ्याम्टा लगायतका आ–आफ्ना सांस्कृतिक वाजागाजाको तालमा साकेला, केलाङ् लगायत मौलिक नाच्नहरु नाच्ने चलन छ ।

उभौलीको समयपछि गर्मी बढ्दै जाने भएकाले किरात समुदायमा चराचुरुङ्गीदेखि जीवजन्तु समेत माथिल्लो भेग उत्तरतर्फ चिसो स्थानमा लाग्ने विश्वास छ । यो पर्वमा आपसी सद्भाभावका साथ खुशी साटासाट गर्दै सांस्कृतिक परिकारहरु समेत बनाएर खाने चलन छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;