निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिमकाे समापन

 लिम्बुवान न्युज
                       

  • अजित धिमाल

उर्लावारी, ३१ वैशाख/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिकाे आयाेजनामा भएकाे निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिम सम्पन्न भएको छ । धिमाल परियाेजना स्थल, उर्लाबारी-३, मंगलबारेमा आज एक कार्यक्रमकाे आयाेजना गरि तालिम सम्पन्न भएकाे हाे ।

आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा, ललितपुरकाे आर्थिक सहयाेगमा मिति २०८१ चैत्र २९ गतेबाट तालिम सन्चालन भएको थियाे ।

धिमाल परियाेजना स्थलकाे सभाहलमा भएको समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा ३ नं. वडाका वडाअध्यक्ष भीष्म बुढाथाेकीकाे प्रमुख आतिथ्यता रहेका थियो ।

धिमाल जातीय विकास केन्द्र, केन्द्रिय समितिका अध्यक्ष अम्बरबहादुर धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सह अध्यक्ष केदार धिमाल, उपाध्यक्ष गिरिराज धिमाल, सचिवालय सदस्य पम्फा धिमाल, सचिवालय सदस्य नारायण राजदाेङ्गे, केन्द्रिय सदस्य लेखलाल धिमाल लगायतको उपस्थिति रहेको थियो भने सन्चालन महासचिव मातृका धिमाल र स्वागत मन्तव्य सचिव तथा कार्यक्रम संयाेजक राेमान्सी धिमालले राख्नु भएकाे थियाे ।

प्रतिष्ठानकाे ३ लाख रुपैया आर्थिक सहयाेगमा निशुल्क १ महिना तालिम सन्चालन गरिएकाे कार्यक्रम संयाेजक धिमालले जानकारी दिनुभयाे । कार्यक्रममा २० जनाकाे सहभागीता रहेकाे प्रशिक्षक शान्तिदेवी धिमालले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...