तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

,   लिम्बुवान न्युज
                       

दमक, ३१ वैशाख । माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो ।

निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण मगरको गोलबाट खेलमा फर्कियो । बाँकी समयमा दुवै टोलीबाट कुनै पनि गोल हुन नसक्दा खेल टाइब्रेकर तर्फ धकिलिएको थियो । 

टाइब्रेकरमा माङसेबुङका संगिन लिम्बू, आशाङ लिम्बू, प्रविन राई र मनोज लिम्बूले गोल गर्दा देउमाईको तर्फबाट दर्शन मुखिया मात्र गोल गर्न सफल भयो । देउमाईका किरण मगरको प्रहार गोल पोष्टमा लागेर बाहिरिएको थियो भने आदर्श गुरुङको प्रहार माङसेबुङका गोल रक्षक आयुष लिम्बूले बिफल तुल्याएका थिए ।

आयुष प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बने । अन्य व्यक्तिगत विधातर्फ माङसेबुङका मनोज लिम्बू उत्कृष्ट डिफेन्स, संगिन लिम्बू उत्कृष्ट मिडफिल्डर र प्रविन राई सर्वोकृष्ट खेलाडी घोषित भए । सर्वाधिक गोलकर्ताको उपाधि देउमाईका मुकेश मगरले पाए ।

विजेता बनेसँगै माङसेबुङले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देउमाईले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

इलामका १० वटै स्थानीय तह सहभागी प्रतियोगिता माइजोगमाई गाउँपालिकाको पूर्ण आर्थिक सहयोग तथा माइजोगमाई खेलकुद विकास  परिषदको आयोजनामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;