भद्रकला आङबुहाङ राईको शब्द रहेको गित ‘अविरल माया’काे भिडियाे सार्वजनिक

,   लिम्बुवान न्युज
                       

दमक, १ जेठ । गीतकार भद्रकला आङबुहाङ राईको प्रेमिल शब्द रहेको गित ‘अविरल माया’ गायक सुरेश लामा र गायिका सविना योङहाङको आवाजमा सार्वजनिक गरिएको छ ।

‘अविरल माया’ भिडियो गितकार भद्रकला आङबुहाङ राईको अफिसियल युट्युबच्यानलबाट सार्वजनिक गरिएको हो ।

संञ्जीव बराइलीको संगीत तथा संगीत संयोजन रहेको गितको भिडियोलाई निर्देशक युगल पोमू लिम्बूले निर्देशन गरेका हुन् ।

युगलकै मेकअप, हेयर र कोरियोग्राफीमा हङकङको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको भिडियोमा गायिका समेत रहेकी दीपा सुहाङ र प्रकाश राईले अभिनय गरेका छन् ।

कार्यक्रमको सिलसिलामा दीपा हङकङ पुगेका बेला छायांकन गरिएको भिडियोमा युगल प्रेमी–प्रेमिकाबीचको माया र समर्पणलाई प्रस्तुत गरिएको छ ।

मज्जाको राईले छायांकन रहेको भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका हुन् । गित एकाष्टिक स्टुडियोमा राजाबाबु थारुले रेकर्डिङ गरेका हुन् ।

भिडियाेकाे लिंक तल छः

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;