माङसेबुङको पर्यटन प्रवद्र्धनका लागि सातदिने पदयात्रा समापन

,   लिम्बुवान न्युज
                       

दमक, १ जेठ । इलामको माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अनुसन्धानका लागि आयोजना गरिएको पर्यटन प्रवद्र्धनका लागि पदयात्रा समापन गरिएको छ ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजना तथा माङसेबुङ गाउँपाकिलाको आर्थिक सहयोगमा माङसेबुङ गाउँपालिका–४ स्थित अन्धराजाअन्धरानी क्षेत्रबाट सुरु भएको सात दिने पदयात्रा गजुरमुखी धाममा पुगेर सकिएसँगै मंगलबार समापन गरिएको हो ।

आयोजक बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङहाङको अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राईले पदयात्रा कार्यक्रमले माङसेबुङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । गाउँपालिकाको समग्र क्षेत्रको विकासका लागि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै राईले पर्यटन पदयात्रा मार्फत समेत माङसेबुङको पर्यटन प्रवद्र्धनमा योगदान पुगेको उल्लेख गरे ।

११ जना पत्रकारहरुको सहभागिता रहेको पदयात्राका क्रममा माङसेबुङ गाउँपालिकाभित्र रहेका १८ वटा पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको भ्रमण एवम् अवलोकन गरिएको थियो ।

कार्यक्रम अन्तरर्गत अन्धराजा अन्धरानी क्षेत्र (वडा नं. ४), लारुम्बा (माङसेबुङ) (वडा नं. ५), उत्तरे (वडा नं. ३), फुलुङ्गी (वडा नं. ३), गीद्धेभीर (वडा नं. ३) माङमालुङ र विजुवानी (वडा नं. २/६), तीनथुम्की डाँडा (वडा नं. ६), विराटज्योति माङहिम (वडा नं. ६), पारुहाङ साकेला पार्क (वडा नं. ६), चमेरे गुफा (वडा नं. २), चुक्चीनाम्बा (वडा नं. २), अगौटेबारी (वडा नं. २), चारसुरे डाँडा (वडा नं. २), शहिद रत्नकुमार वान्तवा सहादतस्थल (वडा नं. २), नावालुङ (वडा नं. १), सर्वशान्ति बुद्ध विहार (वडा नं. १), घोर्लेभीर (वडा नं. १) र गजुरमुखी धाम (वडा नं. १) को भ्रमण एवम् अवलोकन गरिएको थियो ।

पदयात्राका क्रममा भ्रमण र अवलोकन गरिएको १८ स्थान र अर्को एकसहित १९ वटा क्षेत्रको बारेमा खोजमूलक सामग्री तयार गर्न पदयात्रामा सहभागी पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गरिएको कार्यक्रम संयोजक कमन देवानले जानकारी दिए ।

तस्वीरः माङसेबुङ न्यूज अनलाइनबाट 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;