टुडिखेलमा साकेलाको रौनकः बच्चादेखि बुढासम्म कम्मर मर्काउँदै नाच्दै

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ जेठ । किरात राई समुदायले काठमाडौंस्थित टुडिखेलमा उभौलीको अवसरमा साकेला मनाएका छन् । शनिबार उपत्यकामा बसोबास गर्ने विभिन्न थरका राई समुदायले आफ्नो सांस्कृतिक परम्परा अनुसार टुडिखेलमा साकेला मनाएका हुन् ।

किरात समुदायले वैशाख शुक्ल (चण्डि) पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल धन्याचल पूर्णिमाको दिन उधौली पर्व मनाउने गर्दछन् । वैशाख २९ गते बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व मनाइएपनि शनिबार मात्र टुँडिखेलमा साकेला उभौली उत्सवको आयोजना गरिएको हो ।

किरात राई यायोक्खाको काठमाडाैं समितिले बिगत २३ बर्ष अगाडि देखि निरन्तररुपमा टुडिखेलमा यो पर्व मनाउँदै आईरहेको जनाएका छन् ।
किरात राई समुदायको मौलिक बाजा ढोल र झ्याम्टाका साथ प्रकृतिमा रहेका विभिन्न चरा–चुरुंगीहरुको नक्कलका साथ नृत्य गर्दै आपसमा खुसीयाली साट्दै मनाउने परम्परा रहेको छ ।

किरात राई, लिम्बु, सुनुवार तथा याक्खा समुदायले आ–आफ्नो परम्परा अनुसार प्रत्येक बर्ष यो पर्व मनाउँदै आईरहेका छन् ।

वैशाखे पूर्णिमामा अन्नबाली लगाउने सिजन सुरु हुने भएकाले बालीनाली सप्रियोस् र बर्षभारी खाने अन्न फलोस् भन्दै प्रकृतिको पूजा गरी यो पर्व मनाइन्छ । यसरी प्रकृतिको पूजा गरे बाली सप्रने किरात समुदायको धार्मिक विश्वास रही आएको छ ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...