किरात याक्थुङ चुम्लुङ् मेयङलुङ, छथर र आठराईको अधिवेशन सम्पन्न

,   लिम्बुवान न्युज
                       


ललितपुर, ३ जेठ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखा अन्तर्गत मेयङ्लुङ, छथर र  आठराइकाे शनिबार अधिवेशन सम्पन्न भएकाे छ । तीन स्थानीय तहकाे अधिवेशन कियाचू तेह्रथुम शाखाले एकैदिन सम्पन्न गरेकाे हाे ।

शनिबार कियाचु लिम्बुवान प्रदेश समितिका उपाध्यक्ष टंकमाया तिगेला(सिङ्गक) ज्युको प्रमुख आथित्यमा कियाचु जिल्ला शाखा तेह्रथुमको सभाहलमा मेयङलुङ नगर समितिकाे दाेस्राे अधिवेशन सम्पन्न गरिएको हो ।

साम थाम्देनको अध्यक्षतामा १५ सदस्य नयाँ समिति निर्विरोध रुपमा चयन भएको छ । समितिको उपाध्यक्षमा डम्वर खापुङ, सचिव अनिशा तेन्युङ, सहसचिव सुर्य थेगुवा र कोषाध्यक्षमा तुलामाय नेयङ निर्वाचित भएका छन् । यसरी नै सदस्यहरुमा गंगा माया तिगेला, पविना संबाङ्फे, देबि आङ्बुङ, देविनारायन संबाङ्फे, मिना निङ्लेकु, शन्तोश आङ्बुङ, लक्ष्मी तेन्युङ, पार्वती तेन्युङ, धनसुन्दर आङ्बुङ र प्रेम सोदेम्बा रहेका छन् ।

यसैगरी छथर शाखा तेह्रथुमको तेश्रो अधिवेशनबाट श्री नन्द प्रसाद तुम्खेवाको अध्यक्षतामा १४ सदस्यीय पालिका समिति सर्बसम्मत गठन भएको छ । छथर गाउँपालिका अध्यक्ष सन्तोस तिगेलाको प्रमुख अतिथ्यतमा नन्द प्रसाद तुमखेवाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।

समितिमा उपाध्यक्ष दुर्गा बहादुर कुरुम्भङ, सचिवमा लोकेन्द्र पयाङ्गु, सहसचिवमा नगेन पाक्सावा र कोषाध्यक्षमा कृष्ण तिगेला निर्वाचित भएका छन् । यसैगरी सदस्इहरुमा डिल्लीमान पारघरी, टेक बहादुर सान्वा, रीता लिम्बु, मनकुमारी लिम्बु, प्रेम बहादुर सान्वा, कल्पना लिम्बु, रुपना लिम्बु र कविता लिम्बु रहेका छन् ।

कार्यक्रममा विशेष अतिथि कियाचु तेह्रथुम जिल्ला कार्य समितिका उपाध्यक्ष तुलसीमान तिगेला लगायत कियाचूका आजीवन सदस्इहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी शनिबार नै किरात याक्थुङ चुम्लुङ गाउँशाखा समिति आठराइको तेस्रो अधिवेशनले राम कुमार इङनामको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

कियाचू संघीय उपाध्यक्ष कमला फोम्बोको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ्को विशेष आतिथ्यता रहेको कार्यक्रमले नयाँ समिति गठन गरेको हो ।

कार्यक्रमबाट उपाध्यक्षमा ओम कुमार कन्दङ्वा, सचिवमा शुशील कन्दङ्वा, सहसचिवमा शिक्षिका लिम्बु र कोषाध्यक्षमा भूवन किसोर इङ्नाम निर्वाचित भएका छन् । यसैगरी समितिको सदस्यहरुमा दिवश सिंघक, नइन्द्र लिम्बु कन्दङ्वा, रामचन्द्र कन्दङ्वा, संगीता लिम्बु, नरेन्द्र लिम्बु फोम्बो, राजेश ईङ्नाम, लक्ष्मी कन्दङ्वा, भिमराज कन्दङ्वा, चन्द्रबहादुर कन्दङ्वा, चक्र ईङनाम, गणेश कन्दङ्वा र टिका राज फोम्बो निर्वाचित भएका छन् ।

कार्यक्रममा जिल्ला सल्लाहकार जय प्रकाश इङनाम, जिल्ला सदस्यद्वय कुमार कन्दङवा र करिना थलङ, कियाचु पुर्व आठराई अध्यक्ष मृगेन इङनाम लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;