कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

,   लिम्बुवान न्युज
                       

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति खोज्दै आन्दोलनलाई थप शसक्त पार्ने बैठकमा सहभागी नेताहरुले बताएका हुन् ।
प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले कोशी नाममा भोट लगाउन त्रुटि भयो भन्दै आएका माओवादी केन्द्रका प्रदेश सभासदस्य, १४ जिल्ला सभापतिहरुले नाम सच्याउन पहल गर्न संयुक्त विज्ञप्ति निकाल्ने नेपाल कांग्रेस लगायतका पार्टीहरु, कोशीमा भोट नहाल्ने प्रदेश सभा सदस्यहरुसँग राजनीतिक संवाद गर्ने निर्णय गरेको छ ।

बैठकले आन्दोलनको नयाँ कार्यक्रम बनाउन किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा, नेपालका शीर्षस्त नेताहरु बसेर १५ दिन भित्र पेश गर्ने निर्णय भएको किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईले बताउनु भयो ।
साझा नाम टुङ्याउन किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ, शेर्पा संघ र पहिचानसहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समितिलाई जिम्मा दिने निर्णय भएको छ ।
प्रदेशमा रहेको कोशी उच्च बाँधले प्रदेशबासीलाई नकारात्मक असर पार्ने भएको हुँदा सो खारेजीको माग गर्न किरात राई यायोक्खालाई सहजीकरण गर्ने जिम्मेवारी दिईएको छ साथै पहिचानको लागि युवा गठन, पुनः गठन गर्ने लगायतको निर्णय भएको संयोजक थेगिमले बताउनुभयो ।
बैठकमा किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, उपाध्यक्ष जनक राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, उपाध्यक्ष गोविन्द आङ्बुहाङ, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, पहिचानसहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संयुक्त पहिचानवादी मोर्चाबाट डा. महेन्द्र लावती, राष्ट्रिय मुक्ति पार्टीका शन्तोष मेहेता, नागरिक उन्मुक्ति पार्टीका दिलकुमार लावती बैठकमा सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका संजय राई, जनता समाजवादी पार्टीका आङ्काजी शेर्पा, किरात जनसंघीय अभियानका संयोजक नगेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा लगायत संगठनहरुबाट बैठकमा सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;