मेचीनगरमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा तेजबहादुर कन्दङवा

,   लिम्बुवान न्युज
                       


दमक, ८ जेठ । संयुक्त पहिचानवादी मोर्चाको मेची नगरपालिका समिति गठन भएको छ । बिहिबार मेचीनगरमा भएको कार्यक्रममा तेजबहादुर कन्दङवाको संयोजकत्व्मा २३ सदस्यीय मोर्चा गठन गरिएको हो ।

उक्त कार्यक्रमबाट समितिको सहसंयोजकहरुमा कोपिला लावती, साधु मगर, वेद राजवंशी, प्रकाश लावती, सन्तोष योङ्या, मान्धोज लिम्बु र बमबहादुर योङया त्यसैगरी सदस्य सचिवमा याम बहादुर साउदेन चयन भएका छन् ।

साथै उक्त कार्यक्रमबाट सदस्यहरू अमर इजम, आशिष लिम्बु, सफल लिम्बु, भिम किराती, चन्द्रकला लिम्बु, रिता मेचे, संजिला तामाङ, उमा यक्पाङदेन, प्रदिप दनुवार, नन्द कमल लिम्बु, गणेश माया सुहाङ, आइन्द्र सेलिङ, सुम्निमा लावती चयन भएको जनाइएको छ । यसैगरी सो कार्यक्रमबाट सल्लाहकारहरुमा आरबि पालुङवा, चन्द्र लिम्बू, टीका इधिङगो, कृष्ण धुमी राई, मैनराज लिम्बू बोखिम र विरकुमार लिम्बूलाई चयन गरिएको जिल्ला सहसंयोजक कालीबहादुर खेवाङले बताउनु भयो ।

कार्यक्रममा मोर्चाका संघीय सदस्यहरु भक्त खेवाङ, अशोक चेम्जोङ, लासिम पालुङवा, एलबी पालुङ्वा, अग्निमाया मेचे, शर्मिला आङदेम्बे लगायत नेताहरुले नव निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै पहिचानको राजनीतिलाई एकीकृत शक्ति निर्माण गर्दै आगामी केही महिनाभित्र नयाँ सन्देश विश्वमाझ जानेगरी राजनीतिक दल निर्माण हुने र प्रदेश १ को नाम कोशी खारेजी आन्दोलनसँगै तेस्रो जनआन्दोलनको जगबाट देशव्यापी सबै खाले विभेद र अधिकारको लागि आन्दोलनमा उत्रने जनाएका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;