एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष घोषणा

,   लिम्बुवान न्युज
                       


ललितपुर, १० जेठ । लिम्बु/याक्थुङ र लिम्बुवानको भाषा, साहित्य, संस्कार, संस्कृति र इतिहास सम्बन्धी अध्ययन, अनुसन्धान कार्यलाई युवाहरुमा थप हौसला प्रदान गर्न सहयोग पुराउन एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष घोषणा भएको छ ।
ताप्लेजुङ जिल्लामा जन्मिएर हाल क्यानडामा स्थायी रुपमा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङले किरात याक्थुङ चुम्लुङ अन्तर्गत लिम्बुवान अध्ययन केन्द्रले सञ्चालन, व्यवस्थापन गर्ने गरी एक करोड रुपैयाँको प्राज्ञिक कोष स्थापना गरेका हुन् ।

उक्त कोषको ब्याज रकमबाट लिम्बु याक्थुङ र लिम्बुवान क्षेत्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा राजनैतिक, सामाजिक आर्थिक र शैक्षिक विषयहरूमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखिएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताए ।

साथै यहि कोषबाट दुई–दुई वर्षको अन्तरमा सम्मानस्वरुप एक लाख रुपैयाँको विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार प्रदान गरिने छ भने असुन्धानवृत्ति’ हरेक वर्ष एक महिला र एक पुरुषलाई लिम्बु याक्थुङ अथवा लिम्बुवान सम्बन्धि अनुसन्धान कर्तालाई प्रदान गरिने बताइएको छ ।

शनिबार ललितरस्थित सयल बाटिकामा आयोजित समारोहमा बोल्दै अक्षयकोषदाता बिष्णुदत्त आङ्बुहाङले आफ्नो लिम्बु भाषा, साहित्य, संस्कृति, मुन्धुम र इतिहासको अध्ययन अनुसन्धानका लागि कोष स्थापना गरेको बताए । ‘हरेक देशका नागरिकको आफ्नो मातृभूमिप्रति विछट्टै माया मोह र स्नेह हुन्छ । आफ्नो रोजीरोटी र जीवनयापन तथा अध्ययनका लागि नेपालीहरू पनि विभिन्न मुलुकमा रहेका छन्,’ आङ्बुहाङले भने ।

आङ्बुहाङ दम्पतीले तीन चरण गरि १ करोड रुपैयाँको कोष खडा गरिएको लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगरिाज इङ्नाले बताउनु भयो । वि.सं. २०७३ सालमा २० लाख रुपैयाँको कोष स्थापना गरि यो कार्य शुरु भएको हो । त्यसपछि ३० लाख रुपैयाँ थप गरी ५० लाख रुपैयाँ पु¥याएका उनीरूले शनिबार त्यसमा थप ५० लाख रुपैयाँ थप गरी ‘एक करोड रुपैयाँको प्राज्ञिक कोष खडा गरिदिएको हो ।’ अध्यक्ष इङ्नामले भने ।

बिष्णुदत्त–सरस्वती प्राज्ञिक पुरस्कार लिम्बु इतिहासका लेखक स्वर्गीय कृष्णविक्रमलाई

शनिबार नै यो वर्षको विष्णुदत्त–सरस्वती प्राज्ञिक पुरस्कारबाट इतिहासकार स्वर्गीय कृष्णविक्रम नेम्बाङलाई प्रदान गरिएको छ । नेम्वाङको कृति ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध, २०८०’ प्रकाशित छ ।

स्वर्गीय नेम्वाङलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले नगद एक लाख रुपैयाँ राशीको उक्त पुरस्कारले मरणोपरान्त सम्मान गरे । उक्त पुरस्कार उनका छोरा धमेन्द्र विक्रम नेम्बाङ र छोरीहरुले संयुक्त रुपमा प्रदान गरिएको छ । पान्थरको पौवासारतापमा जन्मिएका इतिहासकार नेम्बाङको उक्त कृति प्रकाशित भएलगत्तै २०८० मंसिर ३ गते निधन भएको थियो ।

यस्तै यो बर्षको विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति विवेक गौतमलाई प्रदान गरिएको केन्द्रले जनाएको छ । गौतमले लिम्बु समुदायको ‘पाहा’को महत्वका विषयमा अध्ययन गरेका छन् ।

यसअघि विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कारबाट विजय लुम्फुङ्वा लिम्बू र डा. मोराहाङ लिम्बुलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, अनुसन्धानवृत्तिबाट इन्दु फोम्बो, राज माङलाक, एल.बी पालुङवा लिम्बू, अमर तुम्याहाङ, टेक लावती, कालीबहादुर लिम्बु, अमृता थेबे, सन्ध्या सुब्बा (सिङ्जाङ्गो), मधुराज केरुङ, भीमा सुब्बा लिम्बु, दिलेन्द्र कुमार सुब्बा, मनकुमार लिम्बु, सुवासचन्द्र तेयुङ, ताजुब कुमार लिम्बू, हितराम तिलिङ, डम्बर लावती र सीता मादेम्बाले विभिन्न विषय र सन्दर्भमा अध्ययन अनुसन्धान गरेका थिए ।

आङ्बुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३, हाङपाङमा जन्मिएका थिए । आफ्नो ऊर्जाशील जीवनको अधिकांश समय अध्यापनमा बिताएका उनले २०३२ सालदेखि २०४१ सालसम्म नेपाल सरकारको अधिकृत पदमा रहेर सेवा गरेका थिए । साथै अर्धसरकारी तथा गैरसरकारी संस्थाहरुमा समेत काम गरेका उनी २०५९ सालयता भने क्यानडामा स्थायी रुपमा परिवारहरुसँग बस्दै आएका छन् ।

लिम्बुवान अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा डा. युवराज लिम्बु तेयुङ, केन्द्रका सल्लाहकार डा. बालकृष्ण माबोहाङ लगायतले बोलेका थिए भने कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष भगिराज इङनामले गरेका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;