कियाचु तेह्रथुमको अध्यक्षमा लोक बहादुर सिंगक

 लिम्बुवान न्युज
                       


मेयङलुङ, ११ जेठ । तेह्रथुमको मेयङलुङमा याक्थुङ (लिम्बू)हरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले लोक बहादुर सिंगकको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
शनिबार राती सम्पन्न बन्दसत्रले उपाध्यक्षहरुमा बलदेब तुम्बाहाङफे, कल्पना सम्बाहाङफे, सचिव राजकुमार तेयुङ (तरेबा), सह–सचिवहरुमा सुविन्द« थेगुवा, नारान आङलाबाङ र कोषाध्यक्षमा राजकुमारी लिम्बूलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा रेवत सावादेन, पार्वती तेयुङ, रितुराज थेगुवा, याम लिम्बू, निर कुमार लिम्बू, अरुना सिंगक, मोहन सिंगक र करिना थलङ चयन भएका छन् ।
अधिवेशनका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष कमला फोम्बोले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा कियाचु तेह्रथुमको गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो ।


अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि फोम्बोसँगै पूर्व संघीय सदस्य सुबिन्द« थेगुवा, कियाचु तेह्रथुमका पूर्व अध्यक्षहरु लिलाबहादुर तुम्बाहाङफे, गणेश सेनेहाङ, सल्लाहकार कृष्णमान तुम्बाहाङफे र तेजमान कन्दङवा साथै पहिचानवादी नेता शंकरमान खेवाले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनको उद्घाटन समारोह कियाचु तेह्रथुमका निवर्तमान अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन राजकुमार तेयुङले गरेका थिए । चोङबाङ यस लिम्बुवानखबर डटकमका सम्पादक समेत हुन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;