ताप्लेजुङकाे याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गर्ने दुइ जना पक्राउ

 लिम्बुवान न्युज
                       

ललितपुर, १३ जेठ । ताप्लेजुङकाे फुङलिङस्थित ताेक्मे डाँडामा निर्मित च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ परेका छन् ।  याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गरी प्रचार प्रसार गर्ने दुई पुरुष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ताप्लेजुङका २२ वर्षीय र २० वर्षीय पुरुष रहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त पार्क स्थलको भित्तामा बनाइएको प्रतिमामा अश्लिल हर्कत गरेको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा प्रचार प्रसार गरेको आरोपमा पक्राउ गरिएको छ ।

उनीहरूलाई फुङलिङ बजारबाट जेठ १२ गते पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२१ तथा प्रचलित कानुन बमोजिम कसूरमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट सात दिनको म्याद थप गरी अनुमति सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;