कृष्ण फुरुम्बो (लिम्बू) लिम्बु पत्रकार संघ ताप्लेजुङ जिल्ला अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, १३ जेठ । लिम्बु पत्रकार संघ ताप्लेजुङको चाैंथाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । ताप्लेजुङमा मंगलबार सम्पन्न अधिवेशनले  कृष्ण फुरुम्बो (लिम्बू)काे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा उदय खुदाङ, सचिवमा साहारा लिम्बू, सहसचिवमा बसन्त लाबुङ र कोषाध्यक्षमा मनु (लिम्बू) माबो चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा क्रमशः अनमोल लिम्बू, नविना लिम्बू, सोस्ना लिम्बू र सीता माबो (लिम्बू) चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा माला पालुङ्वा, लोकेश लिबाङ र साहारा लिम्बू चयन हुनुभएको छ ।

अधिवेशन लिम्बू पत्रकार संघकाे केन्द्रीय कोषाध्यक्ष दिलकुमार लिम्बूको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । विशिष्ट अतिथिकोरुपमा केन्द्रीय सदस्य गंगा लिङ्खिम, केन्द्रीय सल्लाहकार समिति सदस्य चन्द पन्दाक (लिम्बू)को उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...