आज १८औं गणतन्त्र दिवस

 लिम्बुवान न्युज
                       


ललितपुर, १५ जेठ । आज जेठ १५ गते १८औं गणतन्त्र दिवस हो । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण दोस्रो जनआन्दोलन र नेकपा (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धि हासिल भएको १७ बर्ष पुरा भएर आज १८ बर्ष प्रवेश गरेको दिन हो ।
वि.सं २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनी घोषणा भएको दिनलाई ऐतिहासिक दिनको रुपमा चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । देशमा भएको जातीय विभेदको अन्त्यसँगै समावेशी, समानुपातिक तथा धर्मनिरपेक्ष नेपालको निर्माणसँगै विद्यमान समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको मुख्य कार्यभार रहेको छ ।
विश्वमा संघीयता अभ्यासमा रहेका शासन व्यवस्थामध्ये संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम व्यवस्था भएको वताइन्छ । जनताको जनजिविकालाई समानुपातिक सिद्धान्तबाट सबैको अपनत्व हुनेगरी राज्यले शुसान कायम गर्दै देशलाई विकासको अग्रगामी दिशा तर्फ लान मद्दत पुग्नेछ । आम जनताको जनभावनाअनुरुप चल्नु नै गणतन्त्रिक व्यवस्थाको मूल भावना हो । आम नागरिकले बाच्न पाउने अधिकार सुनिश्चित भएको हुँदा गणतन्त्र जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्र रहेको छ ।
आज अठारौँ गणतन्त्र दिवसको अवसरमा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट महानुभाव सहभागी हुनेछन् ।
यस अवसरमा गणतन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ । मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो ।
यसैगरी सात वटै प्रदेशमा, राजनीतिक दल लगायत विभिन्न संघ संस्थाहरुले समेत गणतन्त्र दिवस भव्य रुपमा मनाउने जनाइएको छ ।
गणतन्त्र स्थापनासँगै पहिचानलाई सुनिश्चित गर्दै पहिचानको आधारमा संघीयता कार्यान्वयन गर्नुपर्ने भनी आन्दोलनरत पक्षहरुले समिति संघीयता कार्यान्वयन पूर्ण नभएपनि गणतन्त्र नै नेपालको राजनीतिमा सुन्दर पक्ष रहेको बताएको छन् ।
संघीयताले मात्र पहिचान स्थापित हुने र पहिचानको आधारमा संघीय राज्य निर्माणसँगै स्वायत्त राज्य व्यवस्था र विशेष जातीय अधिकार सुनिश्चित भई देशमा सामाजवादी दिगो विकास हुन्छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...