काेशी लाेकमार्ग अवरूद्धः सडक निर्माणकार्य शुरू

,   लिम्बुवान न्युज
                       

ललितपुर, १७ जेठ ।  गएराती परेकाे वर्षाका कारण धनकुटाका दुई स्थानमा सडक अवरुद्ध भएकाे छ ।  वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

आज (शनिवार) बिहान फेदी नजिकैको लेउती खोलामा अचानक आएको बाढीले करिब एकसय मिटर सडक कटान गरेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय धनकुटाकाले जनाएकाे छ ।

घटना स्थलमा प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।

त्यसैगरी, आज बिहान ४ः४५ बजेतिर नमस्ते झरनाको छेउमा रुख लड्नुका साथै माथिबाट खसेको पहिरोले पनि सोही लोकमार्गको अर्को खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

दुवै स्थानमा अवराेध सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको जिल्ला प्रहरीले जनाएको छ । काेशी लाेक मार्गमा कुद्ने दुवै तर्फ जाने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ।

खासगरी धनकुटाको उक्त सडक अवरुद्ध हुँदा यात्रुहरूलाइ अहसज भएकाे  छ ।

तस्वीरः सन्तरवीर लामा

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;