झापालीकाे कथासंग्रह ‘हिजाब’ माथि दमकका सहकर्मीहरुसँग संवाद

,   लिम्बुवान न्युज
                       

दमक, १७ जेठ । लामो समयदेखि पत्रकारिता पेशामा रहेका युवा गोपाल झापालीले हालै प्रकाशित गरेको कथासंग्रह ‘हिजाब’ का बारेमा सहकर्मीहरुसँग संवाद गरेका छन् । शनिबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार झापालीले पहिले आफूलेनै पत्रकारिता कर्म गरेको क्षेत्र दमकका आफ्‌नै सहकर्मीहरुसँग यस्तो संवाद गरेका हुन् ।

झापाली हाल भने राजधानी काठमाडौंमा रहेर पत्रकारिता र साहित्यको क्षेत्रमा क्रियाशिल रहेका छन् ।
भूँडीपुराण प्रकाशनले निकालेको २१ वटा कथाको संग्रह ‘हिजाब’ मा झापालीले उनले अहिलेसम्मको जीवन र पत्रकारिता कर्म गर्दाको जीवन भोगाइका आधारमा विभिन्न समयमा लेखेर राखेका कथाहरुलाई संगृहित गरेको पाइन्छ ।

झापालीको कथासंग्रहका बारेमा साहित्यकार तथा पत्रकार विमल लामिछानेले भने– युवा पत्रकारले पहिलोपटक निकालेको यो उत्कृष्ट कथासंग्रह हो । यसमा समाजका विविध आयामहरुलाई समेटिएको छ । यो पठनीय र भाषाशैलीको हिसाबले उत्कृष्ट छ ।’

कवि तथा साहित्यकार धनकुटे कान्छाले यो झापालीको यो कथासंग्रह साजसज्जा, कागज, आकार, प्रस्तुति, डिजाइनले मात्र होइन, विषयवस्तुको संयोजनका आधारमा पनि दमकेली साहित्यकारहरुको जमातमा मात्र होइन, राष्ट्रिय स्तरमै चिनिने उत्कृष्ट २५ कथाकारहरुको कथासंग्रहमध्येको एक हो । यसका पात्र, परिवेश, घटना र चरित्रहरु यथार्थपरक र रोचक रहेका छन् । यसले पत्रकार झापालीलाई पत्रकारबाट अब साहित्यकारको चिनारी गराउन सफल भएको छ, धनकुटे कान्छाले भने ।

झापालीलाई साहित्यको क्षेत्रमा अब्बल कथासंग्रह लिएर पदार्पण गरेकोमा बधाई तथा शुभकामना समेत दिए, कार्यक्रममा सहभागी उनका सहकर्मी पत्रकारहरुले ।

दमकबाट पत्रकारिताको क्षेत्रमा रहेर कलम चलाउन शुरु गरेका झापालीले झण्डै अढाई दशक यहीँ कार्यथलो बनाएर विभिन्न पत्रपत्रिका, एफएम रेडियो तथा टेलिभिजनमा निष्ठापूर्वक काम गरेर विताए । उनी हाल राष्ट्रिय स्तरका अनलाइन मिडियाहरुमा कमल चलाउँछन् ।

पत्रकार तथा साहित्यकार भूपेन्द्रराज तिम्सिनाले झापालीका कतिपय कथाहरु पाठकलाई के होला के होला भनेर कौतुहल जगाउँदै बिट मारिएको किसिमका पनि रहेको र त्यो पनि कथाकारको लेखकीय खुबीको कुरा भएको भनेर चर्चा परिचर्चा गरे ।

कार्यक्रममा अधिवक्ता तथा मानवअधिकारवादी लक्ष्मी निरौला, पत्रकार मञ्चका अध्यक्ष कमन देवान, पत्रकारहरु मनकुमार गदाल, विष्णु पोखरेल, पंकज दाहाल, सुदीप अधिकारी, गिरिराज भट्टराई लगायतले झापालीको कथासंग्रह ‘हिजाब’ माथि आ–आफूले देखेपाएका कुराहरु राखेका थिए ।

सहभागी सबैको टिप्पणी र भनाई सुनेपछि कथाकार झापालीले आफूले पहिलेदेखिनै लेखेर राखेका कथाहरुलाई एउटै मालामा उनेर अहिले कथासंग्रहकाे रुपमा प्रकाशन गर्न सफल भएको बताए । उनले तर यो कथासंग्रह अब आफ्‌नो व्यक्तिगत नभएर साहित्यनुरागी सबै पाठक तथा आम नेपालीहरुको साझा सम्पत्ति भएको धारणा राखे ।

‘हिजाब’ मा के छ भन्ने बारेमा भने टिकाराम सापकोटाले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन पत्रकार मञ्चका अध्यक्ष कमन देवानले गरेका थिए ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;