पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

 लिम्बुवान न्युज
                       

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको हस्तबाहुलीबाट संयुक्त रूपमा कृति विमाेचन गरिएकाे हाे ।

साहित्यकार लक्ष्मीकुमार सेर्माको मुन्धुम ग्रन्थ ‘युमा?साम्माङ–थेबा?साम्माङ थान्छिङमा मुन्धुम’, नरेन्द्रराज केरुङको कविता सङ्ग्रह ‘चो?लुङबा लाङगाङहा’, भीम कुरुम्बाङको ‘थाङबेन्’, पुष्पहाङ लोवाको ‘मिराक्को केभेक्पा फुङ’, योगी एल.वि. नेम्बाङको निबन्ध ‘मुयेङ केएप्पा याप्मिहा’, मचिन्द्र लोवा ‘सेमी’को गजल ‘पक्कन्दी’ तथा सागर केरुङका बहुआयामिक कृतिहरू ‘मुन्चइत्–हेन्जिला, मुक्सी नु परिक्हा’, ‘थङ’, ‘सिलाम्साक्मा’, ‘आबु साम्लो–हेन्जिला, मुक्सी नु परिक्हा’, ‘याक्थुङ पाङ–पाङवाइला’ र बालगीत सङ्ग्रह ‘फुङ’ सार्वजनिक गरिएका हुन् ।

पान्थरका सातजना स्ष्टाका एक दर्जन कृति लोकार्पणसँगै तेह्रथुम फेतापवासी कवि भीम कुरुम्बाङकाे थाङ्वेन कविता सङ्ग्रह समेत उक्त कार्यक्रममा लोकार्पण भएको छ ।

कार्यक्रममा दिलेन्द्र कुरुम्बाङ्, मलिसा याक्थुङबा, डा. मधुराज केरुङ्, दिलहाङ् सेर्मा, खड्गनारायण आङ्देम्बे लगायतका वक्ताहरुले लोकार्पण भएका कृतिहरुको समीक्षा गरेका छन् ।

बनिवार लोकार्पण गरिएका कृति प्रकाशन अभियानमा बबिता फोम्बो, राजु तुम्बापो, पवित्रा लावती तुम्बापो, अमृता जबेगु, निमा तामाङ, डिल्ली लोवा, चन्द्रकला साँवा, संगीता सेरेङ, बद्रीप्रसाद सेनेहाङ, कमला केरुङ, देवमान आङबो र रुकमान केरुङलगायतको योगदान रहेको छ ।

यस्तै किरात याक्थुङ चुम्लुङका माल्टा, बेल्जियम, पोर्तुगल, जर्मनी शाखा, नेपाल किरात समावेशी सेवा समाज रोमानिया तथा सुक्खिम याक्थुङ मुन्चइत चोक सयङको पनि सहयोग रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि  कियाचु संघीय अध्यक्ष गोविन्द आङबुङले सामूहिक लोकार्पण गर्दै मातृभाषा साहित्यले इतिहास, अस्तित्व र सांस्कृतिक स्मृतिलाई जीवन्त राख्ने बताए । कार्यक्रमलाई भाषा–संस्कृति संरक्षण र मातृभाषा साहित्य पुनर्जागरणसँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा लिइएको उनले बताउनु भयाे ।

कार्यक्रममा विशिष्ट अतिथि पान्थर क्याम्पसका लक्ष्मीप्रसाद भण्डारी, शान्ता गौतम, धनकुटाका कवि केजी सुब्बा, मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङका अध्यक्ष मनिष् हेल्लोक, फालेलुङ् वाङ्मय प्रतिष्ठान पान्थर तथा किरात याक्थुङ चुम्लुङ पान्थरका अध्यक्ष सुरेन्द्र शिशिर केरुङ्, कियाचु झापा अध्यक्ष सेसेहाङ् फियाक लगायतका वक्ताहरूले विश्वव्यापीकरणबीच मातृभाषा र मुन्धुम संरक्षण चुनौतीपूर्ण बनेको भन्दै यो अभियानलाई सांस्कृतिक आन्दोलनका रूपमा व्याख्या गरेका छन् ।

याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति राजेन्द्रकुमार जबेगुको सभापतित्वमा सम्पन्न पुस्तक लोकार्पण कार्यक्रममा  खड्गनारायण आङ्देम्बेले स्वागत मन्तव्य राखेका थिए भने सञ्चारकर्मी सन्देश  सुब्बाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;