दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो ।

खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, चेस, एथलेटिक्स, कराँते, आइटीएफ तेक्वान्दो र डब्लुटीएफ तेक्वान्दो लगायत खेलहरु आयोजना गरिने जनाइएको छ ।

हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा भलिबल खेलको आयोजना गरिने छ भने फूटबल आम्बारी खेल मैदानमा हुँदैछ । यसैगरी बेलडाँगी १ दमक २ को खेल मैदानमा क्रिकेट खेलको आयोजना गरिने जनाइएको छ ।

दमक नमुना ब्याडमिन्टन एकेडेमीमा ब्याडमिन्टन खेल हुँदैछ भने हिमावि चौकमा एथलेटिक्स आयोजना गरिने भएको छ ।

यसरी नै दमक डोजो (नयाँ सब्जी बजार)मा कराते त्यसैगरी ब्याडमिन्टन एकेडेमीमा आईटीएफ र अर्गानिक कृषि सब्जी बजारको हलमा डब्लुटीएफ तेक्वान्दो आयोजना गर्ने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ ।

२८ गते शनिबारदेखि सोमबारसम्म तीन चल्ने महोत्सवले दमक नगरको खेलकुद विकासमा थप पुग्ने बताईएको छ । कार्यक्रमको समापन सोमबार आम्बारीखेल मैदानमा गरिने बताइएको छ ।

दमक नगर पालिकाको नगर खेलकुद समितिले बैशाख २८गते आयोजना गरेको दोसो दमक खेलकुद महोत्सव उद्घाटनका्े झलक ।

 

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...