मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

 लिम्बुवान न्युज
                       


ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ तथा प्रकृतिप्रेमी अभियन्ताहरूले केवलकार निर्माणले मुक्कुमलुङको मुन्धुमी शक्तिपीठ र प्राकृतिक संवेदनशीलता नष्ट गर्ने भन्दै तत्काल निर्माण रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘मुक्कुमलुङ बचाउ अभियान’ मार्फत आफ्ना मागहरू अघि सारेका छन् । उनीहरूले मुक्कुमलुङ याक्थुङ (लिम्बू) जाति र किरात धर्मावलम्बीको पवित्र मुन्धुमी स्थल भएकाले यसको मौलिकता मास्न नहुने र केवलकार बनाउँदा हजारौँ रुख काटिने भएकाले स्थानीय जैविक विविधतामा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेका छन् । उनीहरूले ‘हाम्रो मुक्कुमलुङ, हाम्रो पहिचान’, ‘केवलकार चाहिँदैन, मुक्कुमलुङ मास्न पाइँदैन’ जस्ता नाराहरू लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

ताप्लेजुङमा केबलकार निर्माणको तयारी तीव्र पारिएसँगै काठमाडौँ र स्थानीय स्तरमा विरोधका स्वर बढ्दै गएका छन् । बर्षौदेखि केवलकार निर्माणको विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूले बालेन सरकारको नयाँ नेतृत्वको सरकारले हाम्रो मुद्दा सम्बोधन नगरेमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...