बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

,   लिम्बुवान न्युज
                       

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष समारोहमा ती कृतिहरू सार्वजनिक गरिएको हो ।

२०८२ सालमा प्रकाशित यी कृतिहरूमध्ये अधिकांश लिम्बू भाषा उच्च शिक्षा (एम.ए. र बी.ए.) तहमा अध्यापन हुने विषयवस्तुमा आधारित रहेका छन् । यसले लिम्बू भाषा, साहित्य तथा शैक्षिक सामग्री विकासमा नयाँ आयाम थपेको छ ।

विमोचित कृतिहरूमा बाल गीत संग्रह ‘फुङ’, ‘याक्थुङ पाङ–पाङवाइला’ (लिम्बू लोकनाटक), गीत संग्रह ‘सिलाम्साक्मा’, ‘मुन्चइत हेन्जिला मुक्सी नु परिक्हा’ (चलचित्र—परिभाषा, तत्व र प्रकारहरू), कथा संग्रह ‘थङ’, तथा ‘याक्थुङ आबु साम्लो–हेन्जिला मुक्सी नु परिक्हा’ (लिम्बू बालगीत—परिभाषा, तत्व र प्रकारहरू) रहेका छन् ।

यी कृतिहरूलाई किरात याक्थुङ चुम्लुङ पोर्तुगल, माल्टा, जर्मनी, रोमानिया, बेल्जियम, याक्थुङ मुन्चइत चोक सयङ सिक्किम, साथै चन्द्रकला साँबा, देवमान आङबो, संगीता सेरेङ चोङबाङ, कमला केरुङ र बद्रीप्रसाद सेनेहाङ लगायतले प्रकाशन गरेका हुन् ।

यसअघि नै सागर केरुङले लिम्बू तथा नेपाली भाषामा दर्जनौं नाटक, वैचारिक र साहित्यिक कृतिहरू लेखिसकेका छन् । उनका चर्चित कृतिहरूमध्ये ‘दोश्रो नागरिक’, ‘पासिभञ्ज्याङ’, ‘साक्थिम’, ‘सुनौली–रुपौली’, ‘सैमुन्द्री’, ‘नुमाहाङमा’, ‘केमाबा लाजे’, ‘सक्सा नु पेन्युक’ र ‘तियाहा’ विशेष रूपमा चर्चित छन् ।

नेपालबाट पहिलो पटक लिम्बू भाषामा उच्च शिक्षा हासिल गर्ने व्यक्तिका रूपमा परिचित केरुङ लामो समयदेखि नाट्य, चलचित्र तथा साहित्य क्षेत्रमा सक्रिय छन् । करिब दुई दशकदेखि निरन्तर रूपमा सिर्जनात्मक क्षेत्रमा क्रियाशील उनले लिम्बू भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

साहित्य, चलचित्र र नाट्य क्षेत्रलाई एकैसाथ समेट्दै अघि बढिरहेका सागर केरुङका यी नयाँ कृतिहरूलाई लिम्बू साहित्यको शैक्षिक र वैचारिक आधार विस्तार गर्ने ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । यस उपलब्धिले लिम्बू भाषा साहित्यलाई मात्र होइन, सम्पूर्ण आदिवासी साहित्यिक आन्दोलनलाई नयाँ ऊर्जा र दिशा दिएको सरोकारवालाहरूको भनाइ छ ।

नयाँ पुस्ताका लागि प्रेरणादायी उदाहरण बनेको यो घटनाले मातृभाषा साहित्यप्रतिको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;