मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

 लिम्बुवान न्युज
                       

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ।

सन् २०१५ मा “पाथीभरा देवी दर्शन केबलकार प्रालि” दर्ता भएपछि यो परियोजना “आङछिरिङ शेर्पा” नेतृत्वको समूहले सुरु गरेको थियो। पछि हेलिकोप्टर दुर्घटनामा शेर्पाको निधन भएपछि विभिन्न स्वामित्व परिवर्तन हुँदै अहिले आइएमई ग्रुपका अध्यक्ष “चन्द्र ढकाल” को नेतृत्वमा परियोजना अघि बढाइएको थियो।

लिम्बू याक्थुङहरुको मुन्धुमिस्थल मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माणको दशकौ देखि स्थानिय याक्थुङ समुदयले विरोध जनाएका छन् ।

पहिचान पक्षधर तथा विभिन्न राजनीति पार्टीहरुले ठुलो आन्दोलन निरन्तर गरिरहेका छन् । मुकुम्लुङको धार्मिक, सांस्कृतिक तथा पहिचानमाथि असर पर्ने भन्दै चर्किएको विरोधपछि अहिले परियोजना नै खारेज हुन लागेको हो । मुक्कुमलौङमा नो केवलकार आन्दोलनका क्रममा दर्जनौं घाइते तथा झुटा मुद्दामा जेल परेका छन् ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;