मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

,   लिम्बुवान न्युज
                       

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ।

सन् २०१५ मा “पाथीभरा देवी दर्शन केबलकार प्रालि” दर्ता भएपछि यो परियोजना “आङछिरिङ शेर्पा” नेतृत्वको समूहले सुरु गरेको थियो। पछि हेलिकोप्टर दुर्घटनामा शेर्पाको निधन भएपछि विभिन्न स्वामित्व परिवर्तन हुँदै अहिले आइएमई ग्रुपका अध्यक्ष “चन्द्र ढकाल” को नेतृत्वमा परियोजना अघि बढाइएको थियो।

लिम्बू याक्थुङहरुको मुन्धुमिस्थल मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माणको दशकौ देखि स्थानिय याक्थुङ समुदयले विरोध जनाएका छन् ।

पहिचान पक्षधर तथा विभिन्न राजनीति पार्टीहरुले ठुलो आन्दोलन निरन्तर गरिरहेका छन् । मुकुम्लुङको धार्मिक, सांस्कृतिक तथा पहिचानमाथि असर पर्ने भन्दै चर्किएको विरोधपछि अहिले परियोजना नै खारेज हुन लागेको हो । मुक्कुमलौङमा नो केवलकार आन्दोलनका क्रममा दर्जनौं घाइते तथा झुटा मुद्दामा जेल परेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;