चुहानडाँडा विनास्थलको नाम परिवर्तन गर्दा यहाँको ऐतिहासिकतासँग जोडिएन– अध्यक्ष लिम्बु

 लिम्बुवान न्युज
                       

आठराई । तेह्रथुमको आठराईमा निर्माण हुन लागेको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको घोषणाप्रति स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् । विमानस्थल निर्माणको कामले गति नलिँदै नाम परिवर्तन गर्ने सरकारको घोषणा स्थानीय जनताको भावना बिपरित हुने भन्दै असन्तुष्टि जनाएका हुन् ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले विमानस्थल निर्माणमा बजेट आउनु राम्रो हो तर नाम परिवर्तन गरेर आङ्छिरिङ विमानस्थल बनाउने उल्लेख गरिनु गलत भएको बताए । यो नाम स्थानीयको मौलिकता र ऐतिहासिकतासँग नजोडिने लिम्बुको भनाइ रहेको छ । सबैसँग छलफल गरेर साझा धारणा बनाएर जानुपर्नेमा कुनै छलफल नै नगरी नाम परिवर्तन गर्ने घोषणा गरिएकोमा अध्यक्ष लिम्बुले असन्तुष्टि जनाए । ‘विमानस्थलको नाम यहाँको ऐतिहासिकतासँग जोडिएन,’ अध्यक्ष लिम्बुले भने, ‘नाम राख्ने बारेमा एकपटक पनि सोधिएन ।’ बिनापरामर्श र स्थानीयसँग कुनै साइनो नै नभएका व्यक्तिको नाम राखिने उल्लेख गरिनुले शंका जन्माएको उनले बताए । ‘यसको पछाडि केही नकारात्मक पक्ष छन् कि भन्ने आशंका जन्मिएको छ‚’ प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको क्षेत्रमा बन्न लागेको विमानस्थलको नाम स्थानीयको इतिहाससँग नमिल्दो राख्ने घोषणा गरिनु स्थानीयबासीको भावनाविपरीत भएको उनले बताए ।

‘भोलिका दिनमा यही नामको कुराले मूल विवाद निम्त्याउनेछ,’ उनले भने, ‘स्थानीय ऐतिहासिकताको आधारमा विमानस्थलको नामाकरण गरिएको भए सबैले अपनत्व लिन्थे ।’ विमानस्थल निर्माणको काम पुरा भएपछि नाम फेरिएरै छाड्ने उनले दाबी गरेका छन् । ‘अहिले तत्काल नामले विवाद गर्नुपर्ने जरुरी देख्दिनँ,’ उनले भने, ‘पहिला विमानस्थल निर्माणको कामले पूर्णता पाउनुप¥यो, काम शुरु नहुँदै नामको विषयलाई लिएर विवाद गर्न थाल्यो भने भोलि समस्या आउनसक्छ, प्रारम्भिक चरणमै विवाद गर्नु राम्रो होइन ।’ कोभिड महामारीका कारण कसैसँग छलफल नभएकाले गाउँपालिकाको तर्फबाट कसरी अघि बढ्ने भन्ने बारेमा कुनै निर्णय नभएको अध्यक्ष लिम्बुले बताए ।

गत जेठ १५ गते अध्यादेश मार्फत आएको बजेट भाषणमा बजेट भन्दा पनि एतिहासिकतासँग जोडिएका सांस्कृतिक धरोहर भत्काउने र पहिचानसँग जोडिएका नामहरुको नामेट गर्ने सरकारको नीति प्रति चर्को बहस शुरुभएको छ । खुवालुङ अतिक्रमण, आदिवासी रंगशालाको बजेट स्तान्तरण, सुकेटार विमान स्थल लगायतका विषयमा सरकारको आलोचना बढ्दैगएको छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...