जसपाबाट ठाकुर, महतो सहित ४ नेता निष्कासित

 लिम्बुवान न्युज
                       

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो सहित चार नेतालाई आज (मंगलबार) पार्टीबाट निष्कासन गरेको छ ।

सोमबार बसेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो । पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा समेत जानकारी दिएको पार्टी स्रोतले जनाएको छ ।

यहि ७ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।

११ जेठमा तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएकोमा ठाकुर पक्षले पनि उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो । फेरि १५ जेठमा २४ घण्टे स्पष्टीकरण पत्र पठाएकोमा सो पत्रको पनि जवाफ नआएपछि यादवले मंगलबार बैठक राखेर निष्कासनको निर्णय गरेका हुन् ।

ठाकुर पक्षले पनि यसको जवाफमा यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी गरेको छ । १५ जेठमै ठाकुरले अर्का अध्यक्ष यादवलाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएका थिए । स्पष्टीकरणको दोहोरी चलिरहेका बेला ठाकुर पक्ष सरकारमा सहभागी हुने निर्णयमा पुगिसकेको बुझिएको छ ।

यादव पक्षको विज्ञप्तिः

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;