कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त
बुधबार, १९ जेठ, २०७८ दिउँसोको ०३:४५ बजे,
लिम्बुवान न्युज
शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट संकलित हङकङ डलर २९३० को नेपाली ४० हजार ६२५ रुपैयाँ प्रदान गरिएको हो ।
ताप्लेजुङमा जन्मिएका बिरामी लिम्बुले रोजगारीको शिलशिलामा मलेशियामा ८ बर्ष बसेर घर फर्कने क्रममा विरामी भएपछि अस्पतालमा चेकजाँच गर्दा नसा सुक्ने रोग ट्रान्सफर माइर्लाटिज नामक रोगले शरीरको कम्मरमुनीको कुनै पनि अङ्ग नचल्ने रोग लागेपछि आजभन्दा ४ बर्ष अघि सन् २०१६ मा नेपाल आएको बताए ।
उपचारको क्रममा हालसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको विरामी लिम्बुले बताए । भएको घर जग्गा समेत सकिएको हुँदा अहिले उपचार गर्ने क्रममा अप्ठारो परेको उनले भने । विराटनगरको विभिन्न अस्पताल र काठमाडौंमा समेत उपचारको क्रममा पुगेका लिम्बुको बेलाबेला घाउँ बल्झिने र रगत बग्ने समस्याले सताउने बताए । नसा पुरै सुकेको हुँदा रोग पूर्णरुपमा निको हुन नसकेपनि फिजियोथेरापी लगायतको उपाचार पाए अलि सहज हुन्छ भन्ने लागेको विरामी लिम्बुले बताए ।
विरामी लिम्बुले हालसम्म सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् । स्थानीय जनप्रतिनिधि मार्फत सहयोगको अपेक्षा राखेका लिम्बुले यो कोरोना महामारीपनि कहिकतैबाट राहात नपाएको बताएका छन् ।
दमकमा विगत १० बर्ष देखि व्यवसाय गरेर बसेका समाजसेवी व्यवसायी भवानी थेगिमको हातबाट सो रकम बुधबार विरामी लिम्बुलाई हस्तान्तरण गरिएको छ ।
दमक, १४ असोज । झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...
दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...
दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...
ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...