पाँचथरका केरुङ् मञ्चको संघीय सदस्यमा मनोनित

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पाँचथरका यूवा नेता सागर केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको छ । आज बसेको मञ्चको जुम भर्चुअल बैठकले केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको हो ।

पाँचथर जिल्लालाई कार्य क्षेत्र बनाएर लिम्बुवानको राजनीति गरिरहेका केरुङ् मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपाल पाँचथर जिल्लाका पूर्व अध्यक्ष हुन् । निर्देशन, कला, साहित्यमा समेत अब्बल केरुङ्लाई लिम्बुवानको प्रान्तीय सचिवालय सदस्यको पनि जिम्मेवारी दिइएको छ ।

मङ्लबार लिम्बुवान प्रान्त र आज (बुधबार) मञ्चको भर्चुअल बैठकले जिल्ला कार्य समिति पाँचथरको चौथो जिल्ला अधिवेशनबाट निर्वाचत जिल्ला समितिको बैठकले युवा नेता केरुङ्लाई जिल्लाबाट प्रतिनिधित्व हुनेगरी मञ्चमा मनोनित गर्न सिफारिस आएपछि उक्त जिम्मेवारी दिईएको मञ्चका प्रान्ती महासचिव अशोक चेम्जोङ्ले बताए ।

आजबसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले मुलुक द्वन्द्वतर्फ उन्मुख भई देशमा पुनः अर्को आन्दोलन हुने संकेत देखिएको हुँदा अलोकतान्त्रिक असंवैधानिक कदमको विरुद्धको आन्दोलनमा सबै दलहरुसँग मोर्चाबन्दी भएमा मञ्च अग्र भागमा उभिएर सडक आन्दोलनमा हातेमालो गर्न आउने संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले बताए । देशमा हाल राजनीतिक दलको चुनाव चिन्ह खारेज गरिनु पर्छ भन्ने एकथरी युवाहरुको आवाजले आफूलाई आकर्षित पारेको प्रसङ्ग जोड्दै बैठकमा अध्यक्ष लिङ्देनले नेपालका राजनीतिक दलहरुको कुनै दिन चुनाव चिन्ह खारेज हुन सक्नेसमेत बताए ।

कोरोना माहामारीका बिच जेठ १५ गते आएको बजेटले पहिचानवादीहरुलाई चिढयाउने काम गरेको छ– अध्यक्ष लिङ्देनले बताए । सत्ताका प्यासीहरुले पूर्वका किरातीहरुको आस्थाको धरोहर खुवालुङ् फोड्ने, विमानस्थलहरुको नाम परिवर्तन गर्ने, आदिवासी रंगशालाको बजेट स्थानान्तरण गर्ने जस्तो घृणित काम गरेको प्रति मञ्चको घोर भत्र्सना, आपत्ती रहेको अध्यक्ष लिङ्देनले बताएका छन् । ’सरकारको यस्तो रवैया प्रति मञ्च चुप लागेर नबस्ने, कति सहनु अब सहनुको पनि सिमा हुन्छनी होइन र ?’ –लिङदेनले भने ।

बैठकले मञ्चलाई राजनीतिक रुपमा क्रियाशिल बनाउनको निमित्त ७ सदस्यीय कार्यदल समिति बनाएको छ । मञ्चका संघीय उपाध्यक्ष विशेन्द्र चेम्जोङकाे संयोजकत्वमा बनेको उक्त कार्यदलमा मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु नोनाम, संघीय सचिवहरु अशोक चेम्जोङ र अम्बर बहादुर पन्धाक, संघीय सचिवालय सदस्यहरु दिल कुमार लावती, भानु भट्टराई र विष्णुमाया थापा भट्टराई रहेका छन् ।

त्यसैगरी मञ्चले यहि शक्रुबार संघीय मञ्चका १०+१ प्रान्तीय मञ्चका पदाधिकारीहरु सहितको बृहत जुम भर्चुअल बैठक बस्ने जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...