पाँचथरका केरुङ् मञ्चको संघीय सदस्यमा मनोनित

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पाँचथरका यूवा नेता सागर केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको छ । आज बसेको मञ्चको जुम भर्चुअल बैठकले केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको हो ।

पाँचथर जिल्लालाई कार्य क्षेत्र बनाएर लिम्बुवानको राजनीति गरिरहेका केरुङ् मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपाल पाँचथर जिल्लाका पूर्व अध्यक्ष हुन् । निर्देशन, कला, साहित्यमा समेत अब्बल केरुङ्लाई लिम्बुवानको प्रान्तीय सचिवालय सदस्यको पनि जिम्मेवारी दिइएको छ ।

मङ्लबार लिम्बुवान प्रान्त र आज (बुधबार) मञ्चको भर्चुअल बैठकले जिल्ला कार्य समिति पाँचथरको चौथो जिल्ला अधिवेशनबाट निर्वाचत जिल्ला समितिको बैठकले युवा नेता केरुङ्लाई जिल्लाबाट प्रतिनिधित्व हुनेगरी मञ्चमा मनोनित गर्न सिफारिस आएपछि उक्त जिम्मेवारी दिईएको मञ्चका प्रान्ती महासचिव अशोक चेम्जोङ्ले बताए ।

आजबसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले मुलुक द्वन्द्वतर्फ उन्मुख भई देशमा पुनः अर्को आन्दोलन हुने संकेत देखिएको हुँदा अलोकतान्त्रिक असंवैधानिक कदमको विरुद्धको आन्दोलनमा सबै दलहरुसँग मोर्चाबन्दी भएमा मञ्च अग्र भागमा उभिएर सडक आन्दोलनमा हातेमालो गर्न आउने संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले बताए । देशमा हाल राजनीतिक दलको चुनाव चिन्ह खारेज गरिनु पर्छ भन्ने एकथरी युवाहरुको आवाजले आफूलाई आकर्षित पारेको प्रसङ्ग जोड्दै बैठकमा अध्यक्ष लिङ्देनले नेपालका राजनीतिक दलहरुको कुनै दिन चुनाव चिन्ह खारेज हुन सक्नेसमेत बताए ।

कोरोना माहामारीका बिच जेठ १५ गते आएको बजेटले पहिचानवादीहरुलाई चिढयाउने काम गरेको छ– अध्यक्ष लिङ्देनले बताए । सत्ताका प्यासीहरुले पूर्वका किरातीहरुको आस्थाको धरोहर खुवालुङ् फोड्ने, विमानस्थलहरुको नाम परिवर्तन गर्ने, आदिवासी रंगशालाको बजेट स्थानान्तरण गर्ने जस्तो घृणित काम गरेको प्रति मञ्चको घोर भत्र्सना, आपत्ती रहेको अध्यक्ष लिङ्देनले बताएका छन् । ’सरकारको यस्तो रवैया प्रति मञ्च चुप लागेर नबस्ने, कति सहनु अब सहनुको पनि सिमा हुन्छनी होइन र ?’ –लिङदेनले भने ।

बैठकले मञ्चलाई राजनीतिक रुपमा क्रियाशिल बनाउनको निमित्त ७ सदस्यीय कार्यदल समिति बनाएको छ । मञ्चका संघीय उपाध्यक्ष विशेन्द्र चेम्जोङकाे संयोजकत्वमा बनेको उक्त कार्यदलमा मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु नोनाम, संघीय सचिवहरु अशोक चेम्जोङ र अम्बर बहादुर पन्धाक, संघीय सचिवालय सदस्यहरु दिल कुमार लावती, भानु भट्टराई र विष्णुमाया थापा भट्टराई रहेका छन् ।

त्यसैगरी मञ्चले यहि शक्रुबार संघीय मञ्चका १०+१ प्रान्तीय मञ्चका पदाधिकारीहरु सहितको बृहत जुम भर्चुअल बैठक बस्ने जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...