मोरङ प्रहरीद्वारा हत्यामा संलग्नहरुको पक्राउ गरि सार्वजनिक

,   लिम्बुवान न्युज
                       

विराटनगर। मोरङ प्रहरीले हत्या संलग्नका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । केराबारीस्थित जङ्गलमा शिकार खेल्ने क्रममा भएको हत्या घटनामा संलग्न भएको आरोपमा चारजना हतियारसहित पक्राउ परेपछि सार्वजनिक गरिएको हो ।

गत बैशाख ८ गते शिकार खेल्ने क्रममा गाँउपालिकास्थित बाँसघारी खोप सहकारी राष्ट्रिय वनमा ३२ वर्षीय हस्तकुमार राईको गोली लागि मृत्यु भएको थियो ।

मोरङ् प्रहरीको अनुसार घटनामा २६ वर्षीय रुविन लिम्बू, ३७ वर्षीय गजेन्द्रबहादुर राईसहित १० जनाको समूह रहेको प्रहरीले जनाएको छ । रुविन र गजेन्द्रलाई घटना घटेको भोलिपल्ट बैशाख ९ गतेनै प्रहरीले पक्राउ गरेका थिए । फरार रहेकामध्ये ४ जना केराबारी गाँउपालिका ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धविर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका १ का १९ वर्षीय विपन लिम्बूलाई जेठ १९ गते नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा राखि अनुसन्धान भईरहेको थियो ।

प्रहरीले उनीहरुको साथबाट शिकार खेल्दा प्रयोग गरिएको चार थान भरुवा बन्दुकसमेत बरामद गरेको छ । बैशाख ८ गते शिकार खेल्दै गर्दा राती करिब ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली हस्तलाई लागेको अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;