हप्तामा २ दिन बिहान ९ बजेसम्म पसल खुल्ला, निर्माण सामाग्री ओसारपसार गर्न पाउने

 लिम्बुवान न्युज
                       

दमक/झापा जिल्लामा यहि जेठ १ देखि जारी निषेधाज्ञा निरन्तर भईरहेको छ तर कोरोना संक्रमण भने नियन्त्रणमा आइसकेको छैन । आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले जेठ २१ गतेरातीसम्मको निषेज्ञाधामा पुनः थप गर्दै २१ गते राती १२ बजे देखि ३१ गते राती १२ बजेसम्म १० दिन थप गरेको छ ।

हप्तामा २ दिन आइतबार र बुधबार विहान ९ बजेसम्म पसल खोल्न दिने र निर्माण सामाग्रीलाई ओसारपसार गर्न दिने निर्णय गरेसँगै रोकथाम तथा नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ । व्यवसायी मैत्री बनाउने जिल्ला प्रशासनको निर्णयसँगै संक्रमण फैलनसक्ने जनमानसमा त्रास छाएको छ । जेठ १ गते देखि जारीरहेकाे निषेधाज्ञा जिल्लामा यो चौथोपटक थप गरिएको हो ।

अझैपनि दमकसहित जिल्लाका अधिकांश पालिकामा सक्रिय संक्रमितको संख्या बढिरहेको छ । निषेधाज्ञाको निर्णय अलि खुकुलो बनाउँदै जाने प्रशासनको निर्णय कार्यान्वयनमा कमजोरी हुँदा कोरोना संक्रमण फैलिने त्रास जनमानसमा बढेको छ ।

आजको बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खुलाउने निर्णय गरेको हो । तर माथि उल्लेखित तोकिएको समय र बारमा मात्र उक्त पसलहरु खोल्न पाइनेछ । अन्यथा सरकारको कोभिड सम्बन्धी जारी अध्यादेश अनुशार कारवाही हुने पनि जनाएको छ ।

यद्यपी सामानहरूको होम डेलिभरी सेवालाई यथावत् राखेर ठुला व्यवसायीलाई बजारमा सामानको आपूर्ति गर्न सहज बनाएको छ । यसले कोरोनाको जोखिम न्यूनिकरण नभई थप बढाउने देखिन्छ ।

विकास निर्माण कार्यलाई निरन्तरता दिन आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने अनुमति दिईएको छ । योसँगै सडकमा ट्रिपर, ट्रयाक्टर, ट्रक, साना सवारी आदिको आवगमन झनै बढ्ने देखिन्छ । त्यसैगरी वित्तीय संस्था समेत हप्तामा तीन दिन खुलाउने निर्णय भएको छ । यसअघि सातामा दुई दिन मात्रै वित्तिय संस्था खोल्ने निर्णय प्रशासनले गरेको थियो । अब भने वित्तीय संस्थाहरुमा पनि मानिसहरुको आवतजावत बाकलिदै जाने देखिन्छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...