रहेनन् छुम्माका झापा जिल्ला संस्थापक अध्यक्ष देवान

 लिम्बुवान न्युज
                       

दमक/किरात याक्खा छुम्मा झापाका संस्थापक अध्यक्ष हरिलाल देवानको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको छ । केही बर्ष देखि पक्षघातका कारण अस्वस्थ देवानको बिहीबार बिहान ४ बजे निजी निवास दमक–८ किरात चोकमा निधन भएको हो ।

आज बिहीबार नकनकाईस्थित मुक्तिघाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्ठी गरिएको छ । अन्त्यष्ठीमा देवानका कान्छा छोरा टीकाराज देवानले अन्तिम दागवत्ति दिएका थिए ।

त्यसअघि उनको पर्थिव शरीरमा किरात याक्खा छुम्माका पूर्व केन्द्रीय अध्यक्ष भूपालसिंह जिमीले छुम्माको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए भने राष्ट्रिय जनमुक्ति पार्टीका नेता धनराज राईले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

देवानले २०५३ सालदेखि २०७० सालसम्म याक्खा छुम्माको झापा जिल्ला अध्यक्षका रूपमा नेतृत्व प्रदान गरेका थिए । उनले राष्ट्रिय जनमुक्ति पार्टीको नगर उपाध्यक्षका रूपमा समेत लामो समय योगदान गरेका थिए । त्यस्तै दमकको किरात भवन, दमकको किरात चोक निर्माणमा समेत योगदान गरेका देवानले दमकमा विभिन्न सामाजिक क्षेत्रमा दशकौं समय योगदान दिएका उनको अब सम्झनामा मात्र रहेको छ ।

ब्रिटिस गोर्खा सैनिकका रूपमा दुई दशक बढी समय व्यतित गरेका देवानले ‘मेरो विगतलाई फर्केर हेर्दा’ जीवन संस्मरण पुस्तकसमेत प्रकाशन गरेका छन् । उनको पाँच छोरा र दुई छोरी छन् । देवानकी धर्मपत्नी देउमाया देवानको २०६३ सालमै निधन भएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...