मिक्सन मिभक मञ्चको मोरङ अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक,५ पुस । मोरङका शसक्त पहिचानवादी युवा नेता मिक्सन मिभक संघीय लिम्बुवान प्रान्तीय मञ्च मोरङको छैटौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन् !

मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले मिभकको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित समितिमा रामकुमार खुदाङ वरिष्ठ उपाध्यक्ष, शेरबहादुर तुम्बाहाम्फे, जीतबहादुर लिम्बू र राजेश हुक्पा चोङबा उपाध्यक्ष, अशोककुमार नाल्बो सचिव, खिलबहादुर खड्का सह–सचिव तथा चन्द्र पालुङवा कोषाध्यक्षमा चयन भएका छन्।

मञ्चका अध्यक्ष कुमार लिङ्देनको उपस्थितिमा सम्पन्न कार्यक्रममा पार्टीका प्रदेश तथा केन्द्रीय तहका नेताहरू, प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनमा सांगठनिक प्रतिवेदन, भावी कार्यदिशा, सदस्य विस्तार तथा स्थानीय राजनीतिक मुद्दाहरूमाथि छलफल गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...