रहेनन् छुम्माका झापा जिल्ला संस्थापक अध्यक्ष देवान

 लिम्बुवान न्युज
                       

दमक/किरात याक्खा छुम्मा झापाका संस्थापक अध्यक्ष हरिलाल देवानको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको छ । केही बर्ष देखि पक्षघातका कारण अस्वस्थ देवानको बिहीबार बिहान ४ बजे निजी निवास दमक–८ किरात चोकमा निधन भएको हो ।

आज बिहीबार नकनकाईस्थित मुक्तिघाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्ठी गरिएको छ । अन्त्यष्ठीमा देवानका कान्छा छोरा टीकाराज देवानले अन्तिम दागवत्ति दिएका थिए ।

त्यसअघि उनको पर्थिव शरीरमा किरात याक्खा छुम्माका पूर्व केन्द्रीय अध्यक्ष भूपालसिंह जिमीले छुम्माको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए भने राष्ट्रिय जनमुक्ति पार्टीका नेता धनराज राईले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

देवानले २०५३ सालदेखि २०७० सालसम्म याक्खा छुम्माको झापा जिल्ला अध्यक्षका रूपमा नेतृत्व प्रदान गरेका थिए । उनले राष्ट्रिय जनमुक्ति पार्टीको नगर उपाध्यक्षका रूपमा समेत लामो समय योगदान गरेका थिए । त्यस्तै दमकको किरात भवन, दमकको किरात चोक निर्माणमा समेत योगदान गरेका देवानले दमकमा विभिन्न सामाजिक क्षेत्रमा दशकौं समय योगदान दिएका उनको अब सम्झनामा मात्र रहेको छ ।

ब्रिटिस गोर्खा सैनिकका रूपमा दुई दशक बढी समय व्यतित गरेका देवानले ‘मेरो विगतलाई फर्केर हेर्दा’ जीवन संस्मरण पुस्तकसमेत प्रकाशन गरेका छन् । उनको पाँच छोरा र दुई छोरी छन् । देवानकी धर्मपत्नी देउमाया देवानको २०६३ सालमै निधन भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;