सांस्कृतिक अतिक्रमण बन्द गर्न फरक आयमको चेतावनी

 लिम्बुवान न्युज
                       

दमक। सत्तालिप्सामा चुर्लम्म डुबेको वर्तमान असंवैधानिक सरकारको सांस्कृतिक अतिक्रमण बिरुद्ध फरक आयम उभिएको छ । कोरोना महामारीको संकटसँग जुँधिरहेको नेपाली जनतामाथि सत्ताको खोल ओडेर सांस्कृतिक धरोहरमाथि आक्रमण गर्ने कामचलाउ सरकारको नीति प्रति आयमले चेतावनी दिएको छ ।

जेठ १५ गते सरकारले ल्याएको बजेटमा संस्कृति शिर्षक अन्तर्गत सुकेटार विमान स्थलको नाम रविन्द्र अधिकारी र चुहानडाँडा विमान स्थलको नाम आङ छिरिङ शेर्पा नामाकरण गर्ने भनी मनोमानी रुपमा रुपान्तरण गर्नुभनेको राजतन्त्रको आभाष दिलाउनु भन्दै राज्यसत्ताको एकल नश्लीय चिन्तन प्रति घोर भत्र्सना गर्दछ ।– विहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरीनै जलयातायात योजना अन्तर्गत बुँदा नं. ३०४ मा कोशी चतरा देखि भोजपुरसम्मको अवरोध हटाउने भनी घुमाउरो भाषामा किरातीहरुको सांस्कृतिक पहिचान खुवालुङ् फुटाउने सरकारको षडयन्त्रको समेत बिरोध गरेको छ । सांस्कृतिक पहिचानको संरक्षण गर्नुपर्ने सरकार स्वयम् ति सम्पदाहरुलाई नास गर्न लागेकोमा आयमले आपत्ती जनाएको छ ।

राज्यसत्ताले पटक पटक पछिपारिएका आदिवासी जनजाति लगायत जातिहरुको सम्पदाहरुमाथि अतिक्रमण गर्ने सुनियोजित योजना भएको ठहर गर्दै अझै पनि एकल नश्लीय सरकारको राणाकालीन र राजतन्त्रकालीन हिङ्ग अझै नगएको भन्दै राज्यको विभेदकारी नीति प्रति सम्पूर्ण साहित्यकार, नागरिक समाज, राजनीतिकर्मी, विद्यार्थी, बुद्धिजिवी, पत्रकार एवं आम जनताहरुमा एकल नश्लीय, दलाल पुँजीवादी, निरंशुक चिन्तन विरुद्ध एकजुट भएर उभिन्न विज्ञप्ति मार्फत आव्हान गरेको छ ।

विज्ञप्ति

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;