सांस्कृतिक अतिक्रमण बन्द गर्न फरक आयमको चेतावनी

,   लिम्बुवान न्युज
                       

दमक। सत्तालिप्सामा चुर्लम्म डुबेको वर्तमान असंवैधानिक सरकारको सांस्कृतिक अतिक्रमण बिरुद्ध फरक आयम उभिएको छ । कोरोना महामारीको संकटसँग जुँधिरहेको नेपाली जनतामाथि सत्ताको खोल ओडेर सांस्कृतिक धरोहरमाथि आक्रमण गर्ने कामचलाउ सरकारको नीति प्रति आयमले चेतावनी दिएको छ ।

जेठ १५ गते सरकारले ल्याएको बजेटमा संस्कृति शिर्षक अन्तर्गत सुकेटार विमान स्थलको नाम रविन्द्र अधिकारी र चुहानडाँडा विमान स्थलको नाम आङ छिरिङ शेर्पा नामाकरण गर्ने भनी मनोमानी रुपमा रुपान्तरण गर्नुभनेको राजतन्त्रको आभाष दिलाउनु भन्दै राज्यसत्ताको एकल नश्लीय चिन्तन प्रति घोर भत्र्सना गर्दछ ।– विहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरीनै जलयातायात योजना अन्तर्गत बुँदा नं. ३०४ मा कोशी चतरा देखि भोजपुरसम्मको अवरोध हटाउने भनी घुमाउरो भाषामा किरातीहरुको सांस्कृतिक पहिचान खुवालुङ् फुटाउने सरकारको षडयन्त्रको समेत बिरोध गरेको छ । सांस्कृतिक पहिचानको संरक्षण गर्नुपर्ने सरकार स्वयम् ति सम्पदाहरुलाई नास गर्न लागेकोमा आयमले आपत्ती जनाएको छ ।

राज्यसत्ताले पटक पटक पछिपारिएका आदिवासी जनजाति लगायत जातिहरुको सम्पदाहरुमाथि अतिक्रमण गर्ने सुनियोजित योजना भएको ठहर गर्दै अझै पनि एकल नश्लीय सरकारको राणाकालीन र राजतन्त्रकालीन हिङ्ग अझै नगएको भन्दै राज्यको विभेदकारी नीति प्रति सम्पूर्ण साहित्यकार, नागरिक समाज, राजनीतिकर्मी, विद्यार्थी, बुद्धिजिवी, पत्रकार एवं आम जनताहरुमा एकल नश्लीय, दलाल पुँजीवादी, निरंशुक चिन्तन विरुद्ध एकजुट भएर उभिन्न विज्ञप्ति मार्फत आव्हान गरेको छ ।

विज्ञप्ति

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;