जसपाका १० जनासहित पुर्नगठित मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

 लिम्बुवान न्युज
                       

काठमाडौं। जसपाका १० जनालाई सहभागी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषमा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन् ।

पुराना चार मन्त्री मध्ये तीन जना बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहका छन् भने शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाबाट महतोबाहेक ७ जना शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्यान, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन् ।

यस्तै दुई राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिकको जिम्मेवारी पाएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले ठाकुर पक्षले सरकारमा जाने मौका दिएका छन् ।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने आफैसँग राख्नेका छन् ।

मन्त्रिपरिषद्को कार्यविभाजन तल हेर्नुहोस् :

प्रधानमन्त्री केपी शर्मा ओली: रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल: उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो: उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ: उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ: स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ: मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ: मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ: मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी: मन्त्री, ऊर्जा
अनिल झा: मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव: श्रम तथा रोजगार
उमाशंकर अरगरिया: मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्यान
लक्ष्मणलाल कर्ण: मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी: मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ: मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी: राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ: राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;