जसपा महन्थ पक्ष संघीय सरकारमा सहभागीको प्रत्यक्ष असर प्रदेश २ मा

 लिम्बुवान न्युज
                       

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा), नेपालको अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागिताले प्रदेश २ सरकारमा प्रत्यक्ष असर पारेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पूर्वराजपाका मन्त्रीलाई हटाएर तत्काल प्रदेश सरकार पुनर्गठन गर्ने तयारीमा लागेको पार्टी स्रोतले जनाएको छ ।

जसपा प्राविधिक रूपमा एक पार्टी भएपनि हाल पार्टी व्यावहारिक रुपमा विभाजन भइसकेको जस्तो देखिएको छ । अध्यक्ष यादव पक्षले प्रदेश सरकारमा पूर्वराजपाका मन्त्रीहरूलाई हटाएर केन्द्रको विपक्षी गठबन्धन सम्मिलित सरकार बनाउन लागेको उनीनिकट स्रोतले बताएका छन् । प्रदेश २ को मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका यादवले नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग भेटघाट गरेका छन् । भेटमा निधिले मुख्यमन्त्री दिन प्रस्ताव राखेका छन् ।

प्रदेश २ सभामा १ सय ४ सांसद छन्  । जसमा जसपा अध्यक्ष यादव पक्षमा ३२ र पूर्वराजपा पक्षमा २३ सांसद छन्  । त्यसैगरी एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन् । यो प्रदेशमा एमालेका २१ मध्ये खनाल–नेपाल समूहमा बहुमत सांसद रहेका छन्  । तत्काल अर्को सरकार बन्ने सम्भावना नरहेको हुँदा कांग्रेस र माओवादी केन्द्रको समर्थन रहेमा अध्यक्ष यादव नयाँ सरकार पुर्नगठन गर्ने निर्णयमा पुगेका हुन् ।

त्यस्तै, केपी शर्मा ओली नेतृत्वको संघीय सरकारका सहभागी हुने जसपाका सबै नेतालाई यादव पक्षले निष्कासन गर्ने जनाएको छ । यादवको अध्यक्षतामा यहि जेठ ८ मा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
नेता खतिवडाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर मन्त्री भएका सबैलाई पार्टीबाट निष्कासन गरिने बताए । ओली नेतृत्वको सरकारमा सहभागीमध्ये पार्टीका गरिएको थियो ।

वरिष्ठ नेता राजेन्द्र महतो र नेता लक्ष्मणलाल कर्णलाई यसअघि नै निष्कासन गरिसकेको यादवले मन्त्रीहरू शरतसिंह भण्डारी, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, राज्यमन्त्रीहरू चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई पार्टीबाट निष्कासन गरिने भएको हो ।

उपप्रधानसहित सहरी विकासमन्त्री भएका बरिष्ठ नेता महतोले कारबाहीको कुनै अर्थ नहुने बताए ।  कागजी बहुमत देखाएर हुने कारबाहीको कुनै अर्थ नभएकाे तर्क गरेका महताेले ६०/७० प्रतिशत बहुमत हामीसँग छ,’ भने । नेता महताेले तराई–मधेसका माग अनुसार मुद्दा सम्बोधन भएकाले सरकारमा सहभागी भएकाे बताएका छन् । तर, हाम्राे ध्यान मुद्दामाथि नै केन्द्रित रहेकाे बताए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...