मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

,   लिम्बुवान न्युज
                       

दमक। नेपाल प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, ईटहरी ३ का ३० बर्षीय मचिन राई, ईटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् ।

गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ का मदन कुमार चौधरीको नाममा रहेको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसिको मोटरसाईकल घरबाटै चोरी भएको थियो । खोजतलासको क्रममा मेहताको घरमा मोटरसाइकल भेटिएपछि उनलाई इलाका प्रहरी कार्यालयले बेलबारीले नियन्त्रणमा लिएको थियो ।

उनी पक्राउ परे पश्चात चोरीमा संलग्न अन्य ६ जना आ–आफ्नै घरबाट पक्राउ परेका हुन । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;