मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

 लिम्बुवान न्युज
                       

दमक। नेपाल प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, ईटहरी ३ का ३० बर्षीय मचिन राई, ईटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् ।

गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ का मदन कुमार चौधरीको नाममा रहेको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसिको मोटरसाईकल घरबाटै चोरी भएको थियो । खोजतलासको क्रममा मेहताको घरमा मोटरसाइकल भेटिएपछि उनलाई इलाका प्रहरी कार्यालयले बेलबारीले नियन्त्रणमा लिएको थियो ।

उनी पक्राउ परे पश्चात चोरीमा संलग्न अन्य ६ जना आ–आफ्नै घरबाट पक्राउ परेका हुन । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...