मिक्वाखोलाका धेरै धान फलाउने कृषकले पाउने भए पुरस्कार

 लिम्बुवान न्युज
                       

ताप्लीजोङ्। ताप्लेजुङ् मिक्वाखोला गाउँपालिकाका किसानहरु उत्साहित भएको छन् । कृषि उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले ५० मुरीभन्दा धेरै धान उतपादन गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेको छ ।

गाउँपालिकाले आर्थिक बर्ष ७७/७८ मा ५० मुरी भन्दा बढी धान फलाउने सात किसानलाई ४२ हजार ५०० का दरले रकम उपलब्ध गराउने निर्णय बताइएको छ ।

गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलोचरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई सो रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ । पुरस्कृतहरु १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बू, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, २ का रबिन्द्र वनेम र ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेको गाउँपालिकाले जनाएको ।

पालिकाले जनाए अनुसार देवीमाया र ङिमादावाले ७०÷७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रबिन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई सो रकम यथाशिघ्र प्रदान गरिने पालिकाको जनाएको छ ।

यसअघि पाँचथरको मिक्लाजुङ गाउँपालिकाले पनि पालिकाका कृषकहरुलाई यस्तो पुरस्कार वितरण गरेको थियो ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...