आजबाट संघीय मञ्चको एकहप्ते भर्चुअल प्रशिक्षण कार्यक्रम शुरुहुँदै

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले देशव्यापी रुपमा भर्चुअल प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीले यतिबेला घरमै बस्नु पर्ने बाध्यता भएको हुँदा मञ्चले राजनैतिक प्रशिक्षणलाई निरन्तरता दिन भर्चुअल माध्यमद्वारा आजबाट एक हप्ता सबै प्रान्तका नेताहरुलाई प्रशिक्षण दिन लागेको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा नेताहरुलाई प्रशिक्षण दिईने संघीय महासचिव सुरेन्द्र लिम्बु नोनामले जानकारी दिएका छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कामचलाउ सरकारको निर्णय र पछिल्लो बजेट भाषणले यतिबेला राजनीतिक संकट आएको बताएँदै मञ्चले कार्यक्रमलाई तिब्रता दिन लागेको महासचिव नोनाम बताउँछन् ।

कोरोना महामारीले थलिएको देशमा पछिल्लो राजनीतिक अस्थिरताले मुलुकलाई तहसनहस बनाउन आटेकोमा मञ्च चिन्तित रहेको बताउँदै मञ्च जहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको पक्षमा उभिएको संघीय अध्यक्ष मिराकले बताएका छन् । “पहिचान र सह–अस्तित्वलाई रक्षा गर्ने दायित्व मञ्चको रहेको हुँदा संविधान संसोधनको पक्षमा निरन्तर आन्दोलित दलको हैसियतले ७ प्रदेशलाई १०+१ प्रान्त स्थापना नभईन्जेलसम्मको राजनीतिक आन्दोलन निरन्तर अगाडि बढाउन सबै प्रकारको आन्दोलन र अवसरहरु प्रयोग गरेर अघि बढ्न मञ्चले यो प्रशिक्षण गर्न लागेको हो ।”– अध्यक्ष मिराक बताउँछन् ।

मञ्चको संघीय समितिले आयोजना गर्न लागेको यो प्रशिक्षणमा सबै नेताहरुलाई सहभागी हुन अनुरोध गरेको छ । कामचलाउ सरकारको असंवैधानिक कदमले संघीयता नै खतरामा पर्न सक्ने भन्दै अब सबै पहिचान पक्षधर आमनागरिकहरु लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बचाउनको निमित्त एकजुट हुने पर्ने बेला भएको समेत अध्यक्ष लिङ्देनले बताए । उनले चेतावनी दिदै भने– “यस्तो एकल नश्लीय चिन्तन बोकेर देश कहिल्यै समृद्धिको उच्चाईमा नपुग्ने बरु केही निहित स्वार्थका आसेपासेहरुको हत्केलामा राज्य थिलथिल भई बस्ने छ ।”

भर्चुअल जुम प्रशिक्षण प्रत्येक दिन दिउँसो ३ बजे देखि ५ बजेसम्म संचालन गरिने मञ्चका सचिव तथा लिम्बुवान प्रान्तीय महासचिव अशोक चेम्जोङ्ले जनाएका छन् । महासचिव चेम्जाेङ्ले जुम आईडी सबै नेताहरुलाई उपलब्ध गराईन यदि कसैलाई प्राप्त भएको छैन भने सम्पर्क गर्न वा जुम मिटीङ आइडी 880 0246 5053  र पासवर्ड 280734 लगिन गरेर प्रशिक्षणमा सहभागी हुन समेत अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...